Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

चर्चित गीत ‘जापान टोकियो’ का गायक राजेन्द्र लम्सालको स्पेनमा निधन, शव नेपाल ल्याउने तयारी


२३ फागुन, काठमाडाैँ । चर्चित गीत ‘जापान टोकियो’ का गायक राजेन्द्र लम्सालको निधन भएको छ । स्पेनमा बसोबास गर्दै आएका ६० वर्षीय गायक लम्सालको सोमबार निधन भएको हो ।

उनको निधन भएको उनका भान्जा तथा संगीतकार एवं गीतकार शिव हमालले जानकारी दिएका छन् ।

राजेन्द्र नेपालका चर्चित कलाकारमध्ये एक सागर लम्साल (बले)का बुबा हुन् । टेलिसिरियल सक्किगोनीमार्फत नेपाली कला क्षेत्रमा बले चर्चित भएका हुन् । उनी पछिल्लो समय मोडलिङमा समेत उत्तिकै रूचाइएका छन् ।

मृतक लम्सालमा पछिल्लो समय पिसाब सम्बन्धि रोगबाट ग्रसित थिए । उनको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।

लम्सालले गाएका गीतहरूमध्ये ‘जापान टोकियो’ नेपाली श्रोताहरूमाझ अत्यन्तै चर्चित थियो ।


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?