Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

चर्चित गीत ‘जापान टोकियो’ का गायक राजेन्द्र लम्सालको स्पेनमा निधन, शव नेपाल ल्याउने तयारी


२३ फागुन, काठमाडाैँ । चर्चित गीत ‘जापान टोकियो’ का गायक राजेन्द्र लम्सालको निधन भएको छ । स्पेनमा बसोबास गर्दै आएका ६० वर्षीय गायक लम्सालको सोमबार निधन भएको हो ।

उनको निधन भएको उनका भान्जा तथा संगीतकार एवं गीतकार शिव हमालले जानकारी दिएका छन् ।

राजेन्द्र नेपालका चर्चित कलाकारमध्ये एक सागर लम्साल (बले)का बुबा हुन् । टेलिसिरियल सक्किगोनीमार्फत नेपाली कला क्षेत्रमा बले चर्चित भएका हुन् । उनी पछिल्लो समय मोडलिङमा समेत उत्तिकै रूचाइएका छन् ।

मृतक लम्सालमा पछिल्लो समय पिसाब सम्बन्धि रोगबाट ग्रसित थिए । उनको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।

लम्सालले गाएका गीतहरूमध्ये ‘जापान टोकियो’ नेपाली श्रोताहरूमाझ अत्यन्तै चर्चित थियो ।


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?