Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टीले सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने तयारी


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्य भएका सबैलाई केन्द्रीय सदस्य बनाउने भएको छ । यस विषयमा मंगलबार मध्यराति सहमति जुटेको एक नेताले बताएका छन् ।

रास्वपाको केन्द्रीय समिति बैठक सोमबारदेखि महोत्तरीको जलेश्वरमा जारी छ । आज अन्तिम दिनको बैठकमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रस्ताव पेस गर्ने छन् । त्यसपछि महाधिवेशनको विधि प्रक्रिया, सांसद स्वणिर्म वाग्लेलाई उपसभापति बनाउने र केन्द्रीय सदस्य थप्ने लगायतका निर्णय हुने एक नेताले बताए ।

रास्वपाका एक नेताले भने, ‘सांसद भएका तर केन्द्रीय सदस्य नरहेका सबैलाई केन्द्रीय सदस्य बनाउने भनेर केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्तावमा गएराति सहमति भइसकेको छ ।’
त्यस्तै, प्रतिनिधि सभामा रास्वपाका ९ महिला र १२ पुरुष गरी २१ जना सांसद रहेक छन् भने उनीहरु सबैलाई केन्द्रीय सदस्य बनाउने तयारी छ । रास्वपाको विधानमा १२१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था भए पनि हाल ३८ जना मात्र छन् भने केन्द्रीय सदस्यमा सांसदहरु बाहेक अन्य पनि केही थप्ने तयारी छ ।

त्यस्तै, यसअघि बैठकमा महाधिवेशनको विधि प्रक्रियाको विषयमा छलफल भएको थियो भने संसदीय फाँटको रिपोर्टिङ प्रमुख सचेतक सन्तोष परियारले गरेका थिए । प्रदेश सभापतिहरुले संगठनात्मक अवस्थाबारे धारणा समेत राखेका थिए ।


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?