Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

आज तराईमा होली मनाइँदै


२३ फागुन, विराटनगर। रङको पर्व फागु पूर्णिमा (होली) आज यहाँ धुमधामसँग मनाइँदै छ ।

विभिन्न उमेर समूहका मानिसले एकआपसमा रङ, अबिर दलेर यो पर्व मनाउनमा व्यस्त देखिन्छ । खागरी बालबालिकाले पिचकारी र रङसँग खेलेको देखेर अन्य मानिसले पनि रमाइलो अनुभव गरिरहेका छन् । यो पर्वमा रङ खेल्ने प्रौढ तथा युवायुवतीले सेतो पहिरनमा सजिएर खेलेको रङले पर्वलाई अझ रसिलो बनाएको देखिन्छ । बजारमा रङ, अबिर, सेतो लुगा, फलफूल, दुग्ध, पनिर, मिठाइ, मासु र माछाको बिक्री बढेको पाइएको छ ।

आज बिहानैदेखि किराना, फलफूल, दुग्ध, माछा र मासु पसलमा भीड लागेको छ । पर्वमा अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा व्यवस्थालाई कडा गरेको छ । पर्वको कारणले सवारी आवागमनमा कमी आएको छ ।


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?