Trending
>>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

आज तराईमा होली मनाइँदै


२३ फागुन, विराटनगर। रङको पर्व फागु पूर्णिमा (होली) आज यहाँ धुमधामसँग मनाइँदै छ ।

विभिन्न उमेर समूहका मानिसले एकआपसमा रङ, अबिर दलेर यो पर्व मनाउनमा व्यस्त देखिन्छ । खागरी बालबालिकाले पिचकारी र रङसँग खेलेको देखेर अन्य मानिसले पनि रमाइलो अनुभव गरिरहेका छन् । यो पर्वमा रङ खेल्ने प्रौढ तथा युवायुवतीले सेतो पहिरनमा सजिएर खेलेको रङले पर्वलाई अझ रसिलो बनाएको देखिन्छ । बजारमा रङ, अबिर, सेतो लुगा, फलफूल, दुग्ध, पनिर, मिठाइ, मासु र माछाको बिक्री बढेको पाइएको छ ।

आज बिहानैदेखि किराना, फलफूल, दुग्ध, माछा र मासु पसलमा भीड लागेको छ । पर्वमा अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा व्यवस्थालाई कडा गरेको छ । पर्वको कारणले सवारी आवागमनमा कमी आएको छ ।


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?