Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

उग्रतारा मेला देहिजाँत आज मनाइँदै


डडेल्धुरा। सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठमा पर्ने उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेला (देहीजाँत) आज मनाइँदै छ । डडेल्धुरा सदरमुकाम नजिक अमरगढी नगरपालिका-८ मा रहेको उग्रतारा मन्दिरमा सोमबार बेलुकीदेखि सुरू भएको हो ।

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन दिउँसेडी मेला लाग्ने गर्दछ । देहीजाँतमा अमरगढी नगरपालिकाका चार वटा गाउँबाट देउरो आउने गर्छ भने खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँमा रहेका भ्राण (देवीको भण्डार) बाट बिहान उज्यालो नहुँदै देउरो आउने गर्छ । त्यसअघि कार्तिक शुक्ल पूर्णिमाको राति, भक्तजन उग्रतारा मन्दिर पुग्ने गर्छन् । रातभर भगवतीको पूजा–आराधना गरेका श्रद्धालु दिउँसो दिउँसेडीको मेला हेरेपछि घर फर्किन्छन् भने सुदूरपश्चिम क्षेत्रको मुख्य धार्मिक तथा पर्यटकीयस्थलमध्ये एक रहेको उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेजबहादुर साँकीले बताए ।

झण्डै, दुई हजार पाँच सय वर्ष अगाडि हालको अमरगढी नगरपालिका अन्तर्गतपर्ने लटाउली गाउँमा बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा भगवती उत्पन्न भएको लोक कथन छ भने हलोको फाली लागेर शिलाबाट रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएको र त्यस दिनदेखि दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको मुख्य पूजारी लोकराज भट्टले बताए । यस मन्दिरमा पूजाआजा तथा दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहेको छ । देहिजाँत हेर्न सुदूर पश्चिमलगायत कर्णाली प्रदेश र भारतको उत्तराखण्डबाट समेत हिन्दू धर्मालम्बी आउने गर्दछन् भने यो मन्दिर सदरमुकाम बागबजारबाट छ किलोमिटर टाढा दशरथचन्द राजमार्गमा अवस्थित छ ।

सो मन्दिरमा कार्तिक शुक्ल पूर्णिमा, दसैँ अष्टमिका दिन भज्य पूजा हुने गर्छ भने अन्य समयमा पनि विवाह वर्तबन्ध तथा धार्मिक पूजा हुनेगर्छ । यस मन्दिर माता भगवती विभिन्न अवतारमध्ये एक मानिन्छ भने उग्रतारा मन्दिरमा संस्कृत पाठशाला पनि छ ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?