Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

उग्रतारा मेला देहिजाँत आज मनाइँदै


डडेल्धुरा। सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठमा पर्ने उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेला (देहीजाँत) आज मनाइँदै छ । डडेल्धुरा सदरमुकाम नजिक अमरगढी नगरपालिका-८ मा रहेको उग्रतारा मन्दिरमा सोमबार बेलुकीदेखि सुरू भएको हो ।

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन दिउँसेडी मेला लाग्ने गर्दछ । देहीजाँतमा अमरगढी नगरपालिकाका चार वटा गाउँबाट देउरो आउने गर्छ भने खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँमा रहेका भ्राण (देवीको भण्डार) बाट बिहान उज्यालो नहुँदै देउरो आउने गर्छ । त्यसअघि कार्तिक शुक्ल पूर्णिमाको राति, भक्तजन उग्रतारा मन्दिर पुग्ने गर्छन् । रातभर भगवतीको पूजा–आराधना गरेका श्रद्धालु दिउँसो दिउँसेडीको मेला हेरेपछि घर फर्किन्छन् भने सुदूरपश्चिम क्षेत्रको मुख्य धार्मिक तथा पर्यटकीयस्थलमध्ये एक रहेको उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेजबहादुर साँकीले बताए ।

झण्डै, दुई हजार पाँच सय वर्ष अगाडि हालको अमरगढी नगरपालिका अन्तर्गतपर्ने लटाउली गाउँमा बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा भगवती उत्पन्न भएको लोक कथन छ भने हलोको फाली लागेर शिलाबाट रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएको र त्यस दिनदेखि दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको मुख्य पूजारी लोकराज भट्टले बताए । यस मन्दिरमा पूजाआजा तथा दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहेको छ । देहिजाँत हेर्न सुदूर पश्चिमलगायत कर्णाली प्रदेश र भारतको उत्तराखण्डबाट समेत हिन्दू धर्मालम्बी आउने गर्दछन् भने यो मन्दिर सदरमुकाम बागबजारबाट छ किलोमिटर टाढा दशरथचन्द राजमार्गमा अवस्थित छ ।

सो मन्दिरमा कार्तिक शुक्ल पूर्णिमा, दसैँ अष्टमिका दिन भज्य पूजा हुने गर्छ भने अन्य समयमा पनि विवाह वर्तबन्ध तथा धार्मिक पूजा हुनेगर्छ । यस मन्दिर माता भगवती विभिन्न अवतारमध्ये एक मानिन्छ भने उग्रतारा मन्दिरमा संस्कृत पाठशाला पनि छ ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?