Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

जाजरकोटको थाप्लेबाट अस्थायी टहरा निर्माण सुरु


जाजकोट। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीकोतर्फबाट ‘अस्थायी संरचना निर्माण’ अभियानको सुरुआत गरेका छन् । भेरी नगरपालिका–३ थाप्लेस्थित सुशीला केसीको अस्थायी संरचनाको कामबाट अभियानको सुरुआत गरिएको हो ।

भूकम्प पीडितका कम्तीमा एक सय घर निर्माण गरेर हस्तान्तरण गरिने अध्यक्ष नेपालले जानकारी दिदै यो विपद्को समयमा सबै मिलेर अगाडि बढ्नुपर्ने भन्दै सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड समेत दिए । त्यस्तै, अध्यक्ष नेपालले जाजरकोटका पाँच सय भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको काम भइरहेको जानकारी दिए । भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिम र जाजरकोटमा चिसोका कारण सर्वसाधारणको ज्यान गइरहेको समाचार आएको भन्दै उनले सरकारका संयन्त्र धेरै प्रक्रियागत कुराको पछि नलागी युद्धस्तरमा काम गर्नुपर्ने बताए ।

राहत वितरण र अस्थायी संरचना निर्माण सँगसँगै

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भूकम्पपीडितका लागि अस्थायी संरचना निर्माण र राहत वितरणलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । उनले समस्यामा परेका, आर्थिक अवस्था कमजोर भएका तथा विपन्न र सुत्केरीलाई लक्षित गरेर अस्थायी संरचना निर्माण गर्न आग्रह समेत गरे । उक्त प्रक्रियाका नाममा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको भन्दै युद्धस्तरमा काम गर्न मन्त्री ज्वालाले सम्बद्ध सबैलाई आग्रह गर्दै उनले भूकम्पपीडितको साथमा सरकार भएको भन्दै जनताको जीवन सहज हुनेग गरी काम गर्न निर्देशन समेत दिए।

उक्त जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा मन्त्री ज्वालाले बोलेर भन्दा काममार्फत नतिजा देखिनुपर्नेमा जोड दिदै दैनिक चिसोका कारण मानिसको मृत्यु भइरहेको खबर आइरहेको भन्दै उनले स्थानीय तह तथा सबै सम्बद्ध निकायलाई नजितामुखी काम गर्न आग्रह गरे ।


प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?