Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

भूकम्प पीडितका लागि नेपाल बैंकबाट प्रधानमन्त्रीलाई ५० लाखको चेक हस्तान्तरण


काठमाडौं। नेपाल बैंक लिमिटेडले जाजरकोट भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बालुवाटारमा सोमबार आयोजित एक कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले उक्त चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा अध्यक्ष अधिकारीले बैंकले दैवी तथा प्राकृतिक प्रकोप, महामारीको रोकथाम तथा नियन्त्रण लगायत विभिन्न विपत्को समयमा आर्थिक सहयोग प्रदान गर्दै आएकोमा सो को निरन्तरता स्वरूप जाजरकोट भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको र आगामी दिनमा समेत यस प्रकारको सहयोग जारी रहने प्रतिवद्धता जनाए ।

सो कार्यक्रममा सञ्चालक समिति सदस्य विवेक शम्शेर जबरा, कामु प्रमुख कार्यकारी अधिकृत समता पन्त, बैंकका कम्पनी सचिव केशवप्रसाद भण्डारी, वरिष्ठ प्रबन्धक विश्वराज भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै, संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा हुने गरी सहयोग गरिएको बैंकले जनाएको छ ।

 


प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?