Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भूकम्प पीडितका लागि नेपाल बैंकबाट प्रधानमन्त्रीलाई ५० लाखको चेक हस्तान्तरण


काठमाडौं। नेपाल बैंक लिमिटेडले जाजरकोट भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बालुवाटारमा सोमबार आयोजित एक कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले उक्त चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा अध्यक्ष अधिकारीले बैंकले दैवी तथा प्राकृतिक प्रकोप, महामारीको रोकथाम तथा नियन्त्रण लगायत विभिन्न विपत्को समयमा आर्थिक सहयोग प्रदान गर्दै आएकोमा सो को निरन्तरता स्वरूप जाजरकोट भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको र आगामी दिनमा समेत यस प्रकारको सहयोग जारी रहने प्रतिवद्धता जनाए ।

सो कार्यक्रममा सञ्चालक समिति सदस्य विवेक शम्शेर जबरा, कामु प्रमुख कार्यकारी अधिकृत समता पन्त, बैंकका कम्पनी सचिव केशवप्रसाद भण्डारी, वरिष्ठ प्रबन्धक विश्वराज भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै, संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा हुने गरी सहयोग गरिएको बैंकले जनाएको छ ।

 


प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?