Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

युएईमाथि नेपालको सानदार जित


२२ फागुन, काठमाडाैँ। नेपालले घरेलु टोली युएईमाथि सानदार जित निकालेको छ । सोमबार दुबइ इन्टरनेशनल स्टेडियममा भएको आईसीसी विश्वकप लिग-२ क्रिकेटको त्रीदेशीय श्रृंखलामा नेपालले ४३ रनको जित दर्ता गरेको हो ।

नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरे । उनले युएईको तीन विकेट लिएसँगै नेपालले सानदार जित दर्ता गरेको हो ।

नेपालको जितमा ऐरीसहित सन्दीप लामिछानेले २, सोमपाल कामीले २ तथा आरिफ शेख र रोहित पाैडेलले १-१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले  युएईसामु जितका लागि २३० रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको युएईले ४५ ओभरमा सबै विकेट गुमाउँदै १८७ रन मात्रै जोड्न सक्यो ।

युएईका लागि सबैभन्दा धेरै रन आसिफ खानले बनाए । उनले ११५ बलमा ८२ रन बनाउँदा अर्का ब्याटर आर्यन लक्राले ७८ बलमा ५० रन बनाए ।

त्यसैगरी, नेपालका लागि भने सबैभन्दा बढी रन भीम सार्कीले बनाएका थिए । उनले ९९ बलको सामना गर्दा ७ चाैका प्रहार गर्दै ७० रन जोडेका थिए ।


प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?