Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

युएईमाथि नेपालको सानदार जित


२२ फागुन, काठमाडाैँ। नेपालले घरेलु टोली युएईमाथि सानदार जित निकालेको छ । सोमबार दुबइ इन्टरनेशनल स्टेडियममा भएको आईसीसी विश्वकप लिग-२ क्रिकेटको त्रीदेशीय श्रृंखलामा नेपालले ४३ रनको जित दर्ता गरेको हो ।

नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरे । उनले युएईको तीन विकेट लिएसँगै नेपालले सानदार जित दर्ता गरेको हो ।

नेपालको जितमा ऐरीसहित सन्दीप लामिछानेले २, सोमपाल कामीले २ तथा आरिफ शेख र रोहित पाैडेलले १-१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले  युएईसामु जितका लागि २३० रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको युएईले ४५ ओभरमा सबै विकेट गुमाउँदै १८७ रन मात्रै जोड्न सक्यो ।

युएईका लागि सबैभन्दा धेरै रन आसिफ खानले बनाए । उनले ११५ बलमा ८२ रन बनाउँदा अर्का ब्याटर आर्यन लक्राले ७८ बलमा ५० रन बनाए ।

त्यसैगरी, नेपालका लागि भने सबैभन्दा बढी रन भीम सार्कीले बनाएका थिए । उनले ९९ बलको सामना गर्दा ७ चाैका प्रहार गर्दै ७० रन जोडेका थिए ।


प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?