२२ फागुन, काठमाडाैँ। रंगको पर्वको रूपमा मनाइने फागु पूर्णिमा अर्थात् होली अहिले काठमाडाैँ लगायत देशका पहाडी जिल्लामा मनाउने क्रम जारी छ ।
देशमा सर्वसाधारणदेखि कलाकार र नेताहरू समेतले सोमबार रंग दलेर तथा टिका लगाएर भए पनि होली मनाएका छन् ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।
होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् ।
नेपालका चर्चित कलाकारहरूले होली मनाएका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार