Trending
>>   नेपालले करिव २७ टन राहत सामग्री म्यानमारलाई सहयोग गर्दै >>   रवि लामिछानेको पक्राउ अस्वभाविक र राज्यको गैरकानूनी हर्कत भएको बताउदै मानव अधिकार आयोगमा निवेदन >>   आर्थिक वृद्धिदरमा सरकारी लक्ष्य भेट्न कठिन हुने >>   राज्यको क्रुरतालाई सहेर चुप बस्न सकिन्न् , संघर्ष शान्तिपूर्ण वा हिंस्रक दुवै हुनसक्छ : प्रकाशचन्द्र… >>   विश्वव्यापी ‘ट्यारिफ वार’को असर नेपालको अर्थतन्त्रमा पर्ने निश्चितः अध्यक्ष अग्रवाल >>   तीनकुने घटनाका घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्छः गृहमन्त्री >>   राजसंस्था पुनःस्थापना गराएरै छोड्छौँः डा. जगमान गुरुङ >>   मुलुकमा अझैपनि थाहा नहुनेगरी भ्रष्टाचार भइरहेको हुनसक्छ:प्रधानमन्त्री ओली >>   चुनौतिका बाबजुद नेपालको पूर्वाधार क्षेत्रमा महत्वपूर्ण उपलब्धि महासंघ अध्यक्ष सिंह >>   पूर्वी तराईमा मेघ गर्जन र चट्याङसहित वर्षा
Logo
२७ चैत्र २०८१, बुधबार
२७ चैत्र २०८१, बुधबार

जुम्लाको अर्गानिक कोसेली पर्यटकको रोजाइमा


जुम्ला। जुम्लाको अर्गानिक कोसेली यहाँ आउने पर्यटनको रोजाइमा पर्ने गरेको छ । यहाँको मार्सी चामल, स्याउको चुना, फापर तथा कोदोको पिठो आन्तरिक पर्यटनको रोजाइमा पर्ने गरेको सदरमुकाम खलङ्गास्थित रारा अर्गानिक पसलका सञ्चालक अर्जुन बुढाले बताए ।

घुम्नका लागि उपयुक्त मानिने यो समयमा मुगु जिल्लामा रहेको रारा ताल पुगेर फर्केका अधिकांश आन्तरिक पर्यटनको मुख्य रोजाइ अर्गानिक सिमीको दालसँगै मार्सी चामलको खाना हुने गरेको यहाँस्थित दौतरी होटलका सञ्चालक पदम महतले जानकारी दिएका छन् । त्यसैगरी रारा घुमेर फर्किदा सदरमुकामबाट २० किलो कोदोलगायत अर्गानिक खाद्यान्न किनेको बुटवलका रमेश केसीले बताउदै कोदोको रोटी, ढिँडो र केक बनाएर खान मिल्नुका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक हुने भएकाले किनेको उनको भनाइ रहेको थियो ।

खलङ्गास्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले खोलेको अर्गानिक मिनी मार्केटमा कोदोको पिठो किन्ने आन्तरिक पर्यटकको घुइँचो हुने गरेको मार्केटका व्यवस्थापक ऋषिराम पाण्डेले बताए । “दुई वर्षअघिसम्म कोदाको दाना बेच्ने गरेका थियौँ । अहिले किसानसँग पिठो खरिद गरी बेच्ने गरेका छौँ”, उनेले भने, “किसानको घरदैलोमा पुगेर कोदो, फापरको पिठो किनेर ल्याउने गरेका छौँ ।” चन्दननाथ नगरपालिका–८ कोटिलाका धर्मराज बोहोरा कोदो खेती गर्ने किसान हुन् । अधिकांश बारीमा कोदो रोपिएको उनले जनाउँदै करिब ८० किलो पिठो बिचेर रू आठ हजार आम्दानी भएको बताए । उनका अनुसार कोदो र स्याउखेतीबाट आएको आम्दानीले घरखर्च चलेको छ ।

कोदोको पिठो बेचेर छोराछोरीको पढाइ र घरखर्च चलिरहेको तिला गाउँपालिका–१ का किसान शेर रावतले बताए । त्यस्तै, पर्यटकले पिठो लिने गरेकाले बजारको कुनै समस्या नभएको उनको भनाइ थियो । उनका अनुसार जुम्लामा चैत–वैशाखमा कोदो रोपेर असोजमा भित्राइन्छ । यस वर्षमा तीन सय किलो कोदोको पिठो बिक्री भइसकेको चन्दननाथ अर्गानिक मिनी मार्केटले जनाएको छ भने मार्केटले किसानबाट कोदोको पिठो रू एक सयमा किनेर उपभोक्तालाई रू एक सय ५० मा उपलब्ध गराउँदै आएको जनाएको छ ।

त्यस्तै कोदोको अत्यधिक माग भए पनि यसको संरक्षणमा यहाँका स्थानीय तहले कुनै नीति तथा कार्यक्रममा चासो नदिएको तिला गाउँपालिकाका स्थानीयवासी नौशेर रावतले बताए । नेपालको पहाड र तराई दुवै क्षेत्रमा कोदोको खेती हुने गरेको छ ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?