Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

चार महिनामा एक सय ६७ वटा घरेलु हिंसाका घटना


चितवन। जिल्लामा पछिल्लो चार महिनामा एक सय ६७ वटा घरेलु हिंसाका घटनाको निवेदन दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा चालु आर्थिक वर्षको कात्तिकसम्ममा सो सङ्ख्यामा निवेदन दर्ता भएका हुन् ।

दर्ता भएका निवेदनमध्ये खान लाउन नदिएकोसम्बन्धी ४५ वटा, कुटपिटसम्बन्धी ७० वटा र गाली बेइज्जतीसम्बन्धी ५२ वटा छन् । कूल निवेदनमध्ये एक सय २८ वटा मिलापत्र भएका छन् । साथै २२ वटा अदालती प्रक्रियामा गएका छन् भने १७ वटा छलफलका क्रममा रहेको कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा चार सय ४३ घरेलु हिंसाका निवेदन दर्ता भएका थिए । त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा यो सङ्ख्या तीन सय ९५ थियो । निवेदनमध्ये सबैभन्दा धेरै कुटपिटसम्बन्धी उजुरीरहेको उनले जानकारी दिए ।

उक्त कार्यालयको तथ्याङ्कअनुसार चालु आवको कात्तिकसम्ममा १६ वटा जबरर्जस्ती करणीका उजुरी दर्ता भएका छन् । यस्तै दुई वटा जबरर्जस्ती करणी उद्योगसम्बन्धी, १३ वटा बाल यौन दुर्व्यावहारसम्बन्धी, एउटा अप्राकृतिक मैथुनसम्बन्धी, चार वटा बहुविवाह र एउटा बालबिबाहसम्बन्धी उजुरी दर्ता भएका छन् ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?