Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

वैदेशिक रोजगारीमा ठगिएका १९ जनाको रकम फिर्ता


तनहुँ । सुरक्षित आप्रवासन परियोजना ९सामी०को पहलमा वैदेशिक रोजगारको सिलसिलामा ठगिएका तनहुँका १९ जनालाई रकम फिर्ता गरिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका ६२ वटा मुद्दामध्ये १९ जनाको ठगिएको रकम फिर्ता गराउन परियोजना सफल भएको हो । रु. ३३ लाख ८० हजार रकम पीडित व्यक्तिलाई फिर्ता गराइएको सामी कार्यक्रमकी परामर्शकर्ता गोमा तिवारीले जानकारी दिइन् । उक्त सम्झौताअनुरुप काम नलगाई अन्य काममा पठाइएका व्यक्तिलाई स्वदेश झिकाइ रु. पाँच लाख क्षतिपूर्तिबापत उपलब्ध गराइएको छ भने वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका १८ जनाको शवमध्ये नौजनाको शव नेपाल झिकाउन सफल भएको सो परियोजनाले जनाएको छ ।

त्यस्तै, करार उल्लङ्घन गरेका वा सम्झौताअनुरुप काम गर्न नपाएका २४ घटनामध्ये २३ वटाको सफल कार्य भएको छ । एक, दुई घटना प्रमाणविहीन रहेकाले प्रक्रिया अघि बढाउन नसकिएको उनले बताइन् । त्यसैगरी मृतकका परिवारलाई रु. दुई करोड ९१ लाख चौरासी हजार २६१ आर्थिक सहायताका लागि सहजीकरण गरिएको छ । “श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका व्यक्ति दुर्घटनामा परी घाइते भएका ३४ जनाले रु। ५० हजारका दरले आर्थिक सहयोग पाएका छन्,” उनले भने, “वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यले उक्त सहायता रकम पाउनेछन् ।”

दुर्घटनामा परी घाइते तथा अपाङ्गता भएको अवस्थामा अवस्था हेरी रु. एक लाखदेखि रु सात लाखसम्म पाउने व्यवस्था रहेको परामर्शकर्ता तिवारीले बताए । “उक्त आवमा रु. ५५ लाख ८५ हजार आर्थिक सहायता पाएका छन्,” उनले भने, “दुई जनाको मेडिकल फेल भएकाले रु. ५० हजारका दरले रु. एक लाख प्राप्त गरेका छन् ।”


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?