Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

दैलेखमा धान उत्पादन घट्यो


दैलेख। दैलेखमा धान उत्पादन घटेको छ । समयमै वर्षा नहुँदा, लगाइएको धान खेतमै ढलेका कारण गत वर्षको तुलनामा धान उत्पादनमा कमी आएको छ । यस वर्ष आठ हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा २५ हजार २८ मेटिक टन मात्र धान उत्पादन भएको हो ।

गत वर्ष सोही क्षेत्रफलमा धानखेती गर्दा २५ हजार एक सय २५ मेटिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ९७ मेटिक टन धान कम उत्पादन भएको कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख हिक्मतराज गिरीले बताए । त्यस्तै, पछिका दुई वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा बढी धान उत्पादन भएको थियो भने आव २०७८/७९ मा आठ हजार पाँच सय १२ हेक्टर क्षेत्रफलमा धानखेती लगाउँदा २६ हजार पाँच सय १० मेटिक टन धान उत्पादन भएको थियो । त्यसैगरी यस वर्ष दैलेखमा सुन्तलाको उत्पादन बढ्ने अनुमान गरिएको छ । कृषि विकास कार्यालय दैलेखको विवरणअनुसार दैलेखमा छ सय १४ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ भने उत्पादनको पूरा विवरण आइनसकेको भए पनि नयाँ बिरुवाले उत्पादन दिन थालेपछि सुन्तलाको उत्पादन बढ्ने अनुमान गरिएको निमित्त कार्यालय प्रमुख गिरीले बताए ।

त्यस्तै, आव २०७९/८० मा छ सय १२ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गर्दा पाँच हजार पाँच सय ७६ मेटिक टन सुन्तला उत्पादन भएको थियो । आव २०७८/७९ मा छ सय ११ हेक्टर क्षेत्रफल जमिनमा लगाइएकामा पाँच हजार नौ सय ८५ मेटिक टन सुन्तला उत्पादन भएको थियो । निमित्त कार्यालय प्रमुख गिरीका अनुसार यस वर्ष दैलेखमा कागती खेतीसमेत बढ्ने अनुमान गरिएको छ । गत वर्ष ७२ हेक्टर जमिनमा कागती खेती गर्दा पाँच सय ७८ मेटिक टन उत्पादन भएको थियो भने यस वर्ष ७३ हेक्टर क्षेत्रफलमा कागती खेती गरिएको छ । आव २०७८/०७९ मा ६९ हेक्टर क्षेत्रफलमा कागती खेती गर्दा पाँच सय ३१ मेटिक टन उत्पादन भएको थियो । दैलेखमा कृषिजन्य वस्तुको उत्पादन प्रत्येक वर्ष घट्दै गएको देखिन्छ । पछिल्ला वर्षमा खेती गर्ने मान्छेको कमी हुँदै जानु, बसाइँसराइ, युवापुस्ता कामको खोजीमा विदेशिनुले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ भने पछिल्ला वर्षमा रैथाने बालीको उत्पादनमा समेत कमी आएको छ ।

निमित्त कार्यालय प्रमुख गिरीले भने, “यस वर्ष दैलेखमा धान उत्पादनमा कमी आउनु मुख्य तीन वटा कारण देखिएको छ । ढिलो गरी पानी पर्नु, मलखादको कमी र प्राकृतिक प्रकोपले गर्दा उत्पादन घट्ने देखिएको छ ।” केन्द्रका अनुसार दैलेखमा अहिले १० देखि १५ प्रतिशत खेतीयोग्य जमिन बाँझो छ ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?