Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

यमनमा पोलियो विरुद्धको खोप अभियान सुरु


२२ फागुन, एजेन्सी। यमनको युद्धग्रस्त क्षेत्रमा पछिल्ला केही समययता पोलियो रोगको समस्या देखिएकाले यहाँको सरकारले यसका विरुद्धमा पोलियो खोप अभियान सुरु गरेको छ ।

यमन सरकारले युद्धग्रस्त क्षेत्रहरुमा देखिएको पोलियोको प्रकोप नियन्त्रणका लागि सो अभियान राष्ट्रव्यापी रुपमा नै सञ्चालनमा ल्याएको बताइएको छ ।

यो अभियान यहाँको आडेन क्षेत्रका १२ लाख भन्दा बढी बालबालिकालाई लक्षित गरिएको बताइएको छ । सो क्षेत्रका पाँच वर्ष मुनिका ती बालबालिकालाई पहिलो चरणमा यो अभियानमार्फत् पोलियोको खोप लगाइने छ ।

आडेन यहाँको बढी द्वन्द्व चर्किएको क्षेत्र हो । यस क्षेत्रका पनि गाउँ गाउँमा स्वास्थ्य संरचना एवं औषधिको अभावमा पोलियोको असर देखिएको र यो फैलिन सक्ने अवस्था पनि रहने भएकाले त्यसलाई मध्यनजर गर्दै पोलियो विरुद्धको खोप अभियान सञ्चालन गरिएको बताइएको छ ।

साउदी अरेबियाको सहयोग रहेको यमनको सरकारले अहिले यहाँका १२ ओटा प्रान्तमा यो अभियान सञ्चालन गरिरहेको र यसका लगि सयौँ स्वास्थ्य कार्यकर्ता खटाइएको छ ।

ती स्वास्थ्यकर्मीहरुले आडेन सहर र यसको वरपरका क्षेत्र र ग्रामीण क्षेत्रहरुमा घर घरमा पुगेर बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउने गरेका छन् ।


प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?