Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

होलीले सबै नेपालीमा उमङ्ग थपोस् : मुख्यमन्त्री शर्मा


२२ फागुन, कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले रङको पर्व होलीले समस्त नेपालीमा उमङ्ग थपोस् भन्ने शुभकामना दिएका छन् ।

मुख्यमन्त्री शर्माले ‘फागुपूर्णिमा (होली) पर्व, २०७९’ का अवसरमा आज एक सन्देश जारी गर्दै यस अवसरमा देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

मानव स्वास्थ्यलाई ध्यान दिइ अनुशासित एवं सभ्य भएर हर्षोल्लाससाथ होली मनाउन सबै नेपालीलाई उनले आग्रह गरे । हिमालदेखि तराईसम्म हर्षभावका साथ मनाइने होलीले हामीबीच भएका असमझदारी र तीक्ततालाई समाप्त पारी सद्भाव कायम गर्न सबैमा प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?