Trending
>>   के हो शिघ्र स्खलन ,कसरी थाहा पाउने ? >>   अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाद्वारा अग्रज पत्रकार पुरुषोत्तम दाहाललाई सम्मान >>   नयाँ वर्षको अवसरमा सिजीका उत्पादनमा ३० प्रतिशतसम्मको छुट >>   नेपाली सेनाले तेस्रो गोरखा ‘गोरखा जितगढी एकीकरण पदयात्रा’ गर्दै >>   नेपाल आउने विदेशीलाई समेत स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आवद्ध हुने व्यवस्था गर्दै बोर्ड >>   काँग्रेस सभापति देउवाले भेटे स्वर्गीय पत्रकार सुरेश रजकका परिवार >>   देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी छन्ः शेखर कोईराला >>   कुलमान घिसिङको पक्षमा काठमाडौंमा प्रदर्शन (तस्बिरहरु) >>   १५ वर्षपछि डच स्केभेनिङ्गेन समुन्द्र तटमा बालुवाका मूर्तिहरू देखिए >>   गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँ, प्रचण्डजी पछि मिसिएका हुन् : माधव…
Logo
२४ चैत्र २०८१, आईतवार
२४ चैत्र २०८१, आईतवार

भूकम्प प्रभावित क्षेत्रबाट फर्केपछि….


-प्रदीप पौडेल

पार्टीले दिएको जिम्मेवारी पूरा गरेर करिब एक हप्ता पछि हामी जाजरकोटबाट आज फर्किएका छौँ । नेपाली कांग्रेसले एक हजार अस्थायी आवास बनाउन सहभागिता जनाउने निर्णय अन्तर्गत हाम्रो टोलीले नलगाढ न. पा. ५ मा दक्ष मिस्त्री हरूको नेतृत्वमा, स्वयंसेवक र स्थानीय समुदायको सहभागितामा एक सय घर टहरा निर्माणको आधारभुत कार्य सम्पन्न गरेका छौँ ।

अस्थाई घर-टहरा निर्माणको हाम्रो योगदानलाई निरन्तरता दिन पार्टीले पुनः नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीको नेतृत्वमा अर्को टोली पठाएको छ । टहरा निर्माण कार्यमा हामीलाई नैतिक तथा भौतिक रूपमा सहयोग गर्नुहुने स्थानीय तह, सन्चार माध्यम लगायत सम्पूर्ण सहयोगी मनहरूमा हार्दिक आभार व्यक्त गर्दछौँ । हाम्रो अभियान प्रति स्थानीय साथीहरू एवं गाउँले दाजुभाइ तथा दिदीबहिनीहरूले देखाउनु भएको स्नेह, माया र विश्वासले हामीलाई थप उत्साह प्रदान गरेको छ । यहाँ रहँदा हामीले अनुभूति गरेका केही विषयलाई तत्काल व्यवस्थापन गर्न सरकारलाई फेरि पनि आग्रह गर्दछौँ ।

१, सरकारले घोषणा गरेको ५० हजार रुपैयाँ राहत तत्काल उपलब्ध गराउनु पर्ने ।
२, भूकम्पले क्षतविक्षत भएका घर गोठ तत्काल सफा गरेर ( पूर्ण रूपमा भत्किएका घर सफाइ गर्न तथा आंशिक रुपमा क्षति भएका घर भत्काउन जनशक्तिको ठूलो अभाव रहेको ) सुरक्षाकर्मीको प्रयोग गरी मुचुल्का तथा आवश्यक प्रक्रिया पूरा गरी टहरा निर्माणका लागि सहजीकरण गर्नुपर्ने ।
३, टहरा निर्माणका लागि ठूलो जनशक्ति आवश्यक रहेको हुँदा स्वयंसेवी भूमिका लागि उत्साहित हुने गरी सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्ने ।
४, चिसो मौसमबाट नागरिकलाई जोगाउन न्यानो लत्ता कपडा, ब्लाङकेट, टेन्ट लगायतका सामाग्री तत्कालै व्यवस्था गर्नुपर्ने ।
५, भूकम्पका कारणले प्रभावित भएका बालबालिकाको नियमित अध्ययन अध्यापन सुचारु गर्न अस्थाई संरचना तथा विद्यालय पुननिर्माण तत्काल गर्नुपर्ने ।
६, स्थानीय युवालाई आर्थिक गतिविधिमा जोड्न योजना निर्माण गर्ने तथा आर्थिक सहयोग, अनुदान र सहुलियत ऋण उपलब्ध गराउनु पर्ने ।
७, जिल्लाका कतिपय बस्ती अति जोखिममा रहेका कारण त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न योजना निर्माण गर्नुपर्ने ।
८, भूकम्पबाट हुन सक्ने जोखिम कम गराउन भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न आवश्यक जनचेतना तथा प्राविधिक सहयोग गर्नुपर्ने तथा दीर्घकालीन योजना निर्माण गर्नुपर्ने ।
९, पुन निर्माण तथा नागरिकको स्थाई घर निर्माणको कार्य तत्काल सुरु गर्नुपर्ने ।
१०, गरिबीको रेखा मुनि रहेका नागरिकलाई भैपरी आउने आपत विपत्‌मा सहयोग गर्न तथा सरकारको आभास हुने गरी दीर्घकालीन व्यवस्थापनका योजना निर्माण गर्नुपर्ने ।
अन्त्यमा: टहरा निर्माण कार्यमा निरन्तर योगदान गर्नका लागि आउनु भएका साथीहरूलाई सहयोग गरिदिनु हुन सम्पूर्णमा हार्दिक आग्रह गर्दछौँ ।


प्रकाशित मिति: ९ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?