Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

काठमाडौंमा नारा लगाएर प्रतिक्रियावादीहरू भ्रमको खेती गरिरहेका छन्: निधि


जनकपुर। नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले सार्वभौम जनताले बनाएको प्रणालीलाई कसैले उल्टाउने वा तोड्ने दुस्प्रयास गरे नेपाली जनताले कडा जवाफ दिने बताएका छन्।शनिबार जनकपुरधाममा बृहत् पार्टी प्रवेश कार्यक्रममा बोल्दै निधिले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली उल्टाउने दुस्प्रयास गर्नेलाई नेपाली जनताले दह्रिलो जवाफ दिने बताएका हुन्।

उनले सार्वभौम जनताले पहिलोपटक बनाएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले परिवर्तन गर्न नसक्ने दाबी गरे। ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई कसैले बदल्न सक्दैन, कसैले उल्टाउन सक्दैन, कसैले तोड्न सक्दैन,’ निधिले भने,‘प्रणालीमाथि खतरा आए त्यसको विरोधमा अगुवाइ लिन कांग्रेस सँधै तयार रहनेछ।’ संविधान र संघीयताको विरोधमा भइरहेको आन्दोलनलाई उनले भ्रमको खेती भनेका छन्। दुई चार दिन नारा लगाएर केही प्रतिक्रियावादीहरूले भ्रमको खेती गरिरहेको उनले बताए।

‘काठमाडौंमा दुई चार दिन नारा लगाएर केही प्रतिक्रियावादीहरू, केही अवसरवादीहरू, केही लोकतन्त्रविरोधी तत्वहरूले वातावरण बिगार्ने भ्रमको खेती गरिरहेका छन्,’ निधिले भने। उनले संविधान र व्यवस्थामाथि प्रहार भए रक्षाका लागि कांग्रेस नेतृत्व लिन तयार रहेको बताए। ‘चटकेहरूबाट संविधान परिवर्तन हुने कुनै सम्भावना छैन। तथापि कुनै खतरा आए रक्षाका लागि अगुवाइ गर्न कांग्रेस तयार छ’ निधिले भने।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका निधिले सरकार सञ्चालनमा केही कमीकमजोरी रहे पनि वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने उल्लेख गरे। ‘गठबन्धनबारे थरीथरीका कुरा सुनिन्छन्, तपाईंहरू ढुक्क भएर बस्नुस् यो गठबन्धन पाँच वर्ष चल्छ, गठबन्धन टुट्दैन,’ उनले भने,‘सहमतिअनुसार सरकारको नेतृत्व फेरिएला तर गठबन्धनमा केही हुँदैन।’ निधिले गठबन्धनमा भएको सहमतिअनुसार सरकारको नेतृत्वकर्ता परिवर्तन हुने बताए।‘सुरूमा माओवादी केन्द्र त्यसपछि एकीकृत समाजवादी र अन्त्यमा कांग्रेसले नेतृत्व गर्ने गठबन्धनमा भएको सहमति यही हो र यसै हिसाबले गठबन्धन अगाडि बढ्छ,’ उनले भने।गठबन्धनप्रति कांग्रेस प्रतिबद्ध रहेको बताउँदै उनले सरकारको नेतृत्व फेरिँदैमा अस्थिरता निम्तिने भन्ने बुझाइ ठीक नरहेको जिकिर गरे। काठमाडौंमा नारा लगाएर प्रतिक्रियावादी तत्थहरूले भ्रमको खेती गरिरहेका बताएका छन्।


प्रकाशित मिति: ९ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?