Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

गगन थापाको पूवराजालाई ओपन च्यालेन्ज–‘कांग्रेस तयार छ, आउनुस सिधै भिडौँ महाराज !’


काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संबैधानिक व्यवस्था प्रयोग गरेर व्यवस्था परिवर्तन गनै चूनौती दिएका छन् । गुल्मीको तमघासमा आयोजित कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानको बाटो अनुसरण गरेर व्यवस्था परिवर्तन गरेर देखाउन चूनौती दिएका हुन् ।

उनले पूर्वराजा आफै अगाडि नदेखिएर च्याखे थापेको संकेत गरे । उनले राजाहरुकै बदनियतका कारण नेपालको राजसंस्था विस्थापित भएको जिकिर गरे । ‘राजा फर्काउनुपर्छ भनेर कोहि आँउछ भने कांग्रेसले स्पष्ट भन्ने हो जुवाको खालमा गएर च्याखे दाउ थाप्ने होइन ।

सिधै खालमा भिड्न आए हुन्छ महाराज कांग्रेस भिड्न तयार छ । जाने पार्टी खोल्ने,चुनाव लड्ने,संबिधान बदल्ने फेर्ने व्यवस्था फर्काउने कांग्रेस यो कुराका लागि तयार छ । हाम्रो संबिधानले त्यो दिन्छ,’महामन्त्री थापाले भने ।


प्रकाशित मिति: ९ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?