Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

गगन थापाको पूवराजालाई ओपन च्यालेन्ज–‘कांग्रेस तयार छ, आउनुस सिधै भिडौँ महाराज !’


काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संबैधानिक व्यवस्था प्रयोग गरेर व्यवस्था परिवर्तन गनै चूनौती दिएका छन् । गुल्मीको तमघासमा आयोजित कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानको बाटो अनुसरण गरेर व्यवस्था परिवर्तन गरेर देखाउन चूनौती दिएका हुन् ।

उनले पूर्वराजा आफै अगाडि नदेखिएर च्याखे थापेको संकेत गरे । उनले राजाहरुकै बदनियतका कारण नेपालको राजसंस्था विस्थापित भएको जिकिर गरे । ‘राजा फर्काउनुपर्छ भनेर कोहि आँउछ भने कांग्रेसले स्पष्ट भन्ने हो जुवाको खालमा गएर च्याखे दाउ थाप्ने होइन ।

सिधै खालमा भिड्न आए हुन्छ महाराज कांग्रेस भिड्न तयार छ । जाने पार्टी खोल्ने,चुनाव लड्ने,संबिधान बदल्ने फेर्ने व्यवस्था फर्काउने कांग्रेस यो कुराका लागि तयार छ । हाम्रो संबिधानले त्यो दिन्छ,’महामन्त्री थापाले भने ।


प्रकाशित मिति: ९ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?