Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

अष्ट्रेलियामा उपप्रमुख सुनिता डंगोल


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल अष्ट्रेलिया प्रस्थान गर्नुभएको छ । अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालयको निमन्त्रणामा उहाँ सिंगापुर एअरलाइन्सको विमानबाट प्रस्थान गर्नुभएको हो । भ्रमणका लागि उहाँलाई गएको बैशाख १८ गते निमन्त्रणा प्राप्त भएको हो ।

भ्रमणका क्रममा अष्ट्रेलियाका विभिन्न सहरहरुमा रहेका खनिज तथा उर्जा, कृषि पर्यटन, विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रहरुको अवलोकन, परम्परागत संस्कृति, सहरी विकास, नविकरणीय उर्जा उत्पादन तथा व्यवस्थापनका क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । भ्रमणका बारेमा जानकारी दिँदै उपप्रमुख डंगोलले भन्नुभयो, ‘सिडनी, क्यानवेरा होर्बट र मेलवर्नलगायत सहरका सहरी तथा शासन व्यवस्थापनसँग सम्बन्धित पदाधिकारीहरुसँग भेटघाटका कार्यक्रम पनि छन् । यस अवसरमा अष्ट्रेलियामा रहेका नेपालीहरुसँग अन्तरक्रिया गर्ने, संसद भवनको अवलोकन गर्ने कार्यक्रम पनि छ ।’

भ्रमण सकेर उपप्रमुख मंसिर १७ गते स्वदेश फर्कनु हुनेछ । २०८० साउन ३२ गते बसेको काठमाडौँ महानगरपालिकाको २१ औँ नगर कार्यपालिका बैठकले उपप्रमुखको भ्रमण स्वीकृत गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्तिक २३ गतेको मन्त्री स्तरीय निर्णयबाट भ्रमण स्वीकृत भएको छ । भ्रमण अवधिको खर्च अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालयले गर्नेछ ।


प्रकाशित मिति: ९ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?