Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण बन्दैछः अर्थमन्त्री डा. महत


नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको बताउनुभएको छ । शुक्रबार नुवाकोट जिल्ला भलिवल संघद्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिता को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अर्थमन्त्री डा महतले भन्नुभयो, ‘नेपालमै विकास हुन्छ, नेपालमै रोजगारीका अवसर बढ्छन् । विस्तारै विदेश जानु नपर्ने अवस्था यहाँ सिर्जना हुन्छ । जलविद्युत आयोजनामा लगानी भइरहेको छ, पर्यटकको संख्या बढ्दैछ । कृषि क्षेत्रमा लगानी बढ्छ, सुचना प्रविधिमा धेरै युवाहरु लागेर आम्दानी गरिरहेका छन् ।’

मन्त्री महतले सामाजिक सञ्जाल प्रयोग गरेर जनतामा भ्रम फैलाउन प्रयास भइरहेको बताउनुभएको छ । केही व्यक्तिहरुले जनताको भावनामा खेलेर आफ्नो कुन्छित उद्देश्य प्राप्त गर्छु भन्ने कसैले ठानेको छ भने त्यो सफल नहुने उहाँले स्पष्ट पार्नुभयो । खेलकुदलाई सरकारले प्राथमिकतामा राखेको र राष्ट्रिय गौरवको आयोजनामा राखेर हामी क्रिकेट मैदान निर्माण जानकारी दिनुहुँदै उहाँले अन्य खेलकुदको विकास गर्ने सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

‘नुवाकोट शिक्षामा धेरै पछाडि थियो, हाम्रा पालामा त्रिशुलीमा मात्र एउटा हाइस्कुल थियो, गाउँमा प्राथमिक विद्यालय पनि थिएन’ मन्त्री डा. महतले भन्नुभयो, ‘मैले चौतारामुनि पढ्न सुरु गरेको हुँ । तर पढ्ने अठोट भयो भने अगाडि बढ्न सकिन्छ । पढाइलाई उच्च प्राथमिकता दिन म भाइ बहिनीहरुलाई आग्रह गर्छु ।’ पढाइ र सिप भयो भने सबै कुरा प्राप्त हुन्छ । पढाइलाई उच्च प्राथमिकता दिन आग्रह गर्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘पढाइलाई प्राथमिकता राख्ने विद्यार्थीका अभिभावले पनि साथ दिनुहुनेछ । पढाइ भयो भने प्रगति गर्नबाट कसैले रोक्न सक्दैन ।’

‘नुवाकोटमा पछिल्लो समय धेरै विकास भएको हो । तत्कालिन अर्थमन्त्री डा. रामशरण महतका पालामा यहाँ विकासका धेरै ढोका खुले’ उहाँले भन्नुभयो, ‘म पनि ऊर्जालगायत विभिन्न जिम्मेवारीमा रहेँ, त्यो बेला विजुलीलगायत अन्य विकास विस्तार भयो ।’ मन्त्री डा. महतले भन्नुभयो, ‘अहिल म अर्थमन्त्री हुने अवसर पाएको छु । नुवाकोटको विकासले थप मौका पाएका छ । बालाजु–ककनी–त्रिशुलीबाट धेरै वर्षदेखि बिग्रिएको थियो, अहिले निर्माणका लागि ठेक्का प्रकृया अगाडि बढिसकेको छ । अब त्यो बाटो पक्की बन्छ । उता कुमारी जाने बाटोमा पनि बजेट विनियोजन भएको छ ।’

काठमाडौं–छहरे–टोखा बाटो अहिले राम्रो भइसकेको जानकारी दिनुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘सुरुङमार्ग निर्माणका लागि हामीले बजेट छुटाएका छौं, यसका लागि अर्बौ अर्ब रुपैयाँ चाहिन्छ । चिनियाँ सरकारलाई समेत सहभागी गराएर यो बाटो सम्पन्न गर्ने प्रयासमा हामी लागिरहेका छौं । ढिलोचाँडो यो सुरुङ मार्ग बन्छ भन्ने मलाई विश्वास छ ।’ यो सुरुङ मार्ग निर्माण सम्पन्न भएसँगै नुवाकोट र काठमाडौंको दूरी छोटो हुनेछ । नुवाकोटमै बसेर काठमाडौं जागीर खान सकिन्छ । गोल्फुभञ्ज्याङसम्म पक्की बाटो निर्माणका लागि बजेट विनियोजन भएको छ ।


प्रकाशित मिति: ९ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?