Trending
>>   प्रतिशोधको राजनीतिले देश बन्दैन, सरकारले अहंकार त्यागोस्ः कृष्णप्रसाद सिटौला >>   राजनीतिक नियुक्ति खाएका सार्वजनिक निकायका पदाधिकारीले स्वेच्छाले पद छाडेर मार्ग प्रशस्त गर्नू >>   प्रतिपक्षको आवाज कमजोर हुन दिन्नौँ, बोल्दाबोल्दै माइक काट्दैनौँः सभापति लामिछाने >>   जनताले सरकार परिवर्तन मात्र होइन, शासन सञ्चालनको संस्कृति र संस्कारमै आमूल परिवर्तन खोजेका छन्ः ज्येष्ठ… >>   कामबाटै आफूलाई प्रमाणित गर्छौंः सभापति लामिछाने >>   ओली र लेखकको पक्राउ असंवैधानिक छ, सरकार संविधानअनुसार चलोस्ः एमाले >>   एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिए >>   रेमिट्यान्स कम्पनीहरूको न्युनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप >>   आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै >>   संसद मुलुकको राजनीतिक संस्कृतिको प्रतिविम्व हो, संसद बैठक निर्विघ्न चलाउँछुः अर्जुननरसिंह केसी
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

छरुवा धानखेतीको परीक्षण सफल


बनियानी। झापामा छरुवा धान खेतीको परीक्षण सफल भएको छ । कनकाइमा साढे तीन बिघा जमिनमा गरिएको उक्त परीक्षण सफल भएको कृषि ज्ञानकेन्द्रका निमित्त प्रमुख सागर विष्टले जानकारी दिएका छन् । उक्त उत्पादन लागत घटाउने उद्देश्यले कृषि ज्ञानकेन्द्रले प्रदर्शनीका रुपमा छरुवा प्रविधिबाट धानखेती गरेको थियो भने प्रतिबिघा ८० मनको हाराहारीमा धान उत्पादन भएको उनको भनाइ रहेको थियो । “यो प्रविधिबाट धानखेती गर्दा किसानको लागत ३० प्रतिशत घट्छ”, निमित्त प्रमुख विष्टले भने, “यो प्रविधिमा किसानले जति मेहनत र हेरचाह गर्न सक्यो त्यति फाइदा हुन्छ ।” त्यसैगरी छरुवा धानखेतीका लागि मुख्य समस्या झार रहेको छ भने कृषकले झार व्यवस्थापन गर्नसके कम लागतमा राम्रो उत्पादन लिनसक्ने उनले उल्लेख गरे । त्यस्तै, धान रोप्न आधुनिक उपकरणबाट गरिएको खेतीसमेत राम्रो भएको छ भने किसानलाई यान्त्रिकीकरणमा अभ्यस्त बनाउन परीक्षण र प्रदर्शनीका रुपमा कृषि ज्ञानकेन्द्रले कमल गाउँपालिका, बिर्तामोड नगरपालिका र गौरादह नगरपालिकामा प्रदर्शनीका रुपमा ८० बिघामा आधुनिक उपकरणमार्फत धान रोप्न किसानलाई सहयोग–सहजीकरण गरेकोे थियो । उक्त धान खेतीमासमेत प्रतिबिघा ८० मनकै हाराहारीमा धान उत्पादन भएको निमित्त प्रमुख विष्टले बताए । त्यसैगरी उपकरणका माध्यमबाट धान रोप्दा करिब २० प्रतिशतसम्म लागत खर्च घट्ने कार्यालयले जनाएको छ । यसरी धान रोप्नका लागि प्रोत्साहित गराउन कार्यालयले चालू आर्थिक वषमा रू १० लाख अनुदानसमेत उपलब्ध गराउने भएको छ भने चैते धान रोप्ने कृषकलाई उपकरण प्रयोग गर्दा लागेको खर्चको ७५ प्रतिशत अनुदान दिने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

उत्पादकत्व बढ्ने अनुमान

झापामा यो वर्ष बर्खे धानको उत्पादन बढ्ने भएको छ । गत वर्ष चार लाख २३ हजार मेट्रिकटन धान उत्पादन भएकामा यो वर्ष चार लाख ३० हजार मेट्रिकटनभन्दा बढी उत्पादन हुने कृषि ज्ञानकेन्द्रको प्रारम्भिक अनुमान छ भने गत वर्ष जिल्लामा धानको उत्पादन चार दशमलव ८९ मेट्रिकटन प्रतिहेक्टर रहेकामा यो वर्ष पाँच मेट्रिकटन पुग्ने कार्यालयले जनाएको छ । “नमूना सङ्कलन गरिरहेका छौँ”, निमित्त प्रमुख विष्टले भने, “यो वर्ष धान उत्पादन बढी भएको पाएका छौँ, चार/पाँच दिनमा यकीन तथ्याङ्क आउँछ ।” जिल्लाका माइपश्चिम बिर्तामोड, बुद्धशान्ति, अर्जुनधारा, हल्दीबारीलगायत स्थानको नमूना सङ्कलन गर्दा उत्पादन राम्रो भएको पाइएको उहाँको भनाइ थियो । त्यस्तै, जिल्लाको ८७ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये यो वर्ष ८५ हजार सात ५० हेक्टरमा धानखेती गरिएको छ भने पन्ध वटा पालिकामध्ये सबैभन्दा बढी गौरीगञ्ज र सबैभन्दा कम दमकमा धानखेती भएको कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?