Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

उजुरी दिन क्युआर कोर्ड कर्णालीका घर घरमा


जाजरकोट। कर्णालीका सबै घरमा पुगेर घर घरमा स्टिकर टाँस गरेको कर्णाली प्रहरीले आजदेखि फेरि उजुरी दिन क्युआर कोर्ड सञ्चालनमा ल्याएको छ । यसबाट यहाँका नागरिकलाई उजुरी दिन प्रहरी कार्यालयमै आउनु नपर्ने भएको छ । त्यस्तै, क्युआर कोर्डमार्फत प्रहरीमा उजुरी दिन सक्ने प्रणालिको विकास गरेपछि सर्वसाधारणको समय बचत भएको छ भने अब कर्णालीवासीले घरबाटै क्युआर कोर्डमार्फत प्रहरीमा उजुरी दिनसक्ने व्यवस्था भएपछि राहतको महसुस भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले उक्त क्युआर कोर्डको उद्घाटन गरेर सेवा आरम्भ गरेका हुन् । उक्त क्युआर कोर्ड सञ्चालनमा आएसँगै अब कर्णालीवासीले प्रहरीमा उजुरी दिनुपरे घरबाटै दिनसक्ने भएका छन् भने सुरक्षित कर्णाली निर्माण गर्न सात वटा अभियान सञ्चालन गरिएको छ भन्दै उनले नागरिकले सुरक्षित र सहज रुपमा सुरक्षा सेवा पाउन भन्ने उद्देश्यले क्युआर सिस्टम सञ्चालनमा ल्याइएको बताए ।

“सुरक्षाप्रति विश्वास बढाउन, नागरिकसँग नजिक हुन र नागरिकलाई सहज सेवा प्रदान गर्न हामीले यो अभियान सञ्चालनमा ल्याएका हौँ,” प्रहरी प्रमुख ढकालले भने, “नागरिकलाई सेवा लिन जाँदा दुःख नहोस् भनेर यो सेवा सञ्चालनमा ल्याइएको हो भने क्युआर कोडमार्फत आएका गुनासालाई तीन प्रकारमा वर्गीकरण गरिएको छ । ” उनका अनुसार अति जरुरी प्रकारको उजुरी आए तत्कालै छानविन अघि बढाइने, जरुरी प्रकारको भए तीन दिनभित्र र साधारण खालको भए पाँच दिनभित्र उजुरीबारे छानबिन गरी उजुरीकर्तालाई जानकारी दिइने छ भने प्रहरी प्रमुख ढकालले उजुरीकर्ताको गोपनीयता कायम राखेर कानुनी प्रक्रिया अघि बढाइने बताएका छन् ।


प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?