Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते


२ ,मङ्सिर ,बैतडी । दोगडाकेदारमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार–३ गाउँपालिका–८ कालागाउँका ३५ वर्षीय अम्मर विष्ट रहेका खोचलेक प्रहरीचौकीका इञ्चार्ज नवलसिंह भाटले जानकारी दिए । विष्टको घटनास्थलमै मृत्यु भएको थियो ।

कालागाउँबाट सिल्लेगडातर्फ आउँदै गरेको से १ ज ६०३ नम्बरको जीप आज दोगडाकेदार–३ घोडेधार नजिकै दुर्घटनामा परेको हो । कच्ची र उकालो नचढ्दा ब्याक भएर दुर्घटनामा परेको दुर्घटनाग्रस्त जीपमा सवार लोकबहादुर विष्टले बताए ।

यस्तै कालागाउँकै ३० वर्षीया कलावती विष्ट, सोही ठाउँका ४५ वर्षीया हिरा विष्ट, चार वर्षीय रियाग विष्ट, सात वर्षीया सुशीला विष्ट र ६० वर्षीय पद्म विष्ट घाइते भएका छन् ।

घाइतेमध्ये कलावती र हिराको अवस्था गम्भीर रहेको बैतडी प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । गम्भीर घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


प्रकाशित मिति: २ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?