Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्ध १० रिट, सुनुवाइ मङ्सिर ४ मा


काठमाडौँ । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयको खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्ने को संख्या ८ पुगेको छ।टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दर्ता भएको १० वटा रिट निवेदनहरूमाथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ । शुक्रवार पेस भएका रिट दर्ता गर्दै पहिलो पेसी मङ्सिर ४ को लागि तोकेको छ। सरकारको सो निर्णयविरुद्ध सर्वोच्चमा दर्ता भएको  रिटको मङ्सिर ४ गते एक जना न्यायाधीशको एकल इजलासमा सुनुवाइ हुने जनाइएको छ ।

गत कार्तिक २७ गते बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुराएको भन्दै नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय लिएको थियो । सरकारको सो निर्णय पछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।


प्रकाशित मिति: १ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?