Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्ध १० रिट, सुनुवाइ मङ्सिर ४ मा


काठमाडौँ । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयको खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्ने को संख्या ८ पुगेको छ।टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दर्ता भएको १० वटा रिट निवेदनहरूमाथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ । शुक्रवार पेस भएका रिट दर्ता गर्दै पहिलो पेसी मङ्सिर ४ को लागि तोकेको छ। सरकारको सो निर्णयविरुद्ध सर्वोच्चमा दर्ता भएको  रिटको मङ्सिर ४ गते एक जना न्यायाधीशको एकल इजलासमा सुनुवाइ हुने जनाइएको छ ।

गत कार्तिक २७ गते बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुराएको भन्दै नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय लिएको थियो । सरकारको सो निर्णय पछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।


प्रकाशित मिति: १ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?