Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट तिहारको टिका लगाउने


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टिका लगाउनु हुने भएको छ । राष्ट्रपति पौडेलले विहान बुधबार बिहान १० बजेर ५१ मिनेटमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टिका र आर्शिवाद लिनुहुने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ । भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ । शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ । सोमबार गाई पूजा, मंगलबार गोवर्द्धन पूजा÷म्ह पूजा गरी मनाइँदै छ ।


प्रकाशित मिति: २८ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?