Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

टिकटक बन्द गर्ने सरकारको निर्णय अधिनायकवादको नयाँ अध्याय: राप्रपा


काठमाडौं।  सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि कतिपयले टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्य भनेका छन् भने कतिपयले सहमति तथा विमति जनाउदै सकारात्मक तथा नकारात्मक टिकाटिप्पणी सुरू भएका छन्।

टिकटक बन्द गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन सरकासँग आग्रह गर्दै राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले टिकटक बन्द गर्ने निर्णय लाइ सरकारको अधिनायकवादको संज्ञा दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,’चर्चित भिडियो प्लर्टफर्म “टिकटक”लाई प्रतिबन्ध गरेर सरकारले अधिनायकवादको नयॅा अध्याय प्रारम्भ गरेको छ, जुन अस्विकार्य, आपत्तिजनक र दुर्भाग्यपूर्ण छ। लोकतन्त्रमा विधि, पद्धति बसाल्ने, विकृति, विसंगति रोक्ने, नियमन गर्ने कुरा प्रधान हुन्छ तर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुरा स्विकार्य हॅुदैन/छैन । हिजो कसैले गरेको थियो भने त्यो गलत, आज कसैले गर्दैछ भने त्यो गलत र भोलि कसैले गर्नेछ भने त्यो पनि गलत । जनतालाई सेवाप्रवाह नगर्ने, सुशासन नदिने, तिनका समस्या सम्बोधन नगर्ने तर सामाजिक सन्जालमा हुने आलोचनासँग त्रसित हुनेहरुले टिकटकमा प्रतिबन्ध लगाउनु हास्यास्पद र विडम्बनापूर्ण छ। सरकारको, दलका नेताको आलोचना त जताततै सुनिन्छ,के आलोचना गर्ने टिभी, रेडियो, पत्रपत्रिका,फेसबुक, युट्युब, ट्विटर लगायत पनि बन्द गर्ने सरकारको नीति हो ?’ निर्णय फिर्ता लिऊ र जवाफ देऊ ।’

आफूलाई लोकतन्त्र, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रताको पहरेदार ठान्ने संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि वर्तमान सरकारमै छ नि होइन र भन्या !? यो दिपावलीको समयको झिलिमिली उज्यालोमा सबैभन्दा पहिले कांग्रेसको खोजी गरौं ।

आज विहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो।


प्रकाशित मिति: २७ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?