Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

महानगर प्रहरीको गाडीमा राखेर किसानलाई विक्री स्थल पुर्‍याइयो,मेयर बालेन भन्छन-‘स्वेदेशी उत्पादनलाई विक्रीको प्रबन्ध’


काठमाडौँ । महानगर प्रहरी बलको सवारी साधनमा राखेर विभिन्न ठाउँमा रहेका किसानलाई सामनसहित तोकिएको विक्री स्थलमा पु¥याइँदैछ । तिहार लक्षित फूल र माला लिएर बेच्न आएका किसानलाई तोकिएको विक्री स्थलसम्म पुग्न कठिन भएकोले सवारी साधनबाट सहयोग गरिएको हो । यस क्रममा नयाँ सडकमा बसेर फूल बेच्ने व्यापारीलाई भृकुटीमण्डप सारिएको छ । यसबाट नयाँ सडक क्षेत्रको सवारी आवागमन खुकुलो भएको छ ।

‘काठमाडौँ महानगरपालिका, नेपाल फ्लोरिकल्चर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्सको संयुक्त प्रयासमा विक्री स्थलबाट मात्र फूल बेच्ने प्रबन्ध मिलाइएको हो । प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्राङ्गणमा फूल बेच्ने ठाउँको प्रबन्ध मिलाइएको छ ।’ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) भन्नुहुन्छ, ‘हामीले नेपाली फूल उत्पादकलाई फूल बेच्न अवरोध गर्दैनौँ । नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिनेछ ।’

किसानलाई स्वदेशी उत्पादन विक्रीका लागि तोकिएको स्थानमा ल्याउन आग्रह गर्दै प्रमुख शाहले, उपभोक्तालाई महानगरपालिकाले व्यवस्थापन गरेको स्थानमा आएर स्वदेशी फूल र माला खरिद गर्न अनुरोध गर्नुभएको छ ।’ तोकिएका स्थानमा नेपाली फूलहरू मात्रै विक्री गरिनेछ । यसका लागि महानगरपालिका, नेपाल फ्लोरिकल्चर एशोसिएसन र चेम्बर अफ कमर्शको संयुक्त टोलीले अनुगमन गर्नेछ ।


प्रकाशित मिति: २६ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?