Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

१२ सय परिवारलाई पुग्ने त्रिपाल लिएर रूकुममा उपप्रधानमन्त्री खड्का


काठमाडौँ। उपप्रधानमन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडित परिवारका लागि राहत लिएर आज रुकुम पश्चिम पुग्नुभएको छ । करिब एक हजार दुई सय परिवारलाई पुग्ने त्रिपाल लिएर उहाँ आज विहान सुर्खेत विमानस्थलबाट प्रभावित क्षेत्र पुग्नुभएको हो ।

यही कात्तिक १७ गते जाजरकोट केन्द्र भइ भूकम्प गएयता उपप्रधानमन्त्री खड्का भूकम्प प्रभावितको उद्धार र राहतमा सक्रिय हुनुहुन्छ । स्थानीय तह र प्रशासन र प्रदेश सरकारसँग समन्वय गर्दै राहत अपुग स्थानमा क्षेत्रमा स्थल र हवाईमार्गमार्फत खड्का राहत वितरणमा केन्द्रित हुनुहुन्छ ।

उपप्रधानमन्त्री खड्काले भूकम्प प्रभावितले समयमै राहत नपाएको विषयमा सरकार गम्भीर भएको भन्दै आइतबारसम्म सबै पीडितलाई तत्कालीन राहत सामग्री पुर्याउने गरी काम भइरहेको बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले रूकुम पुर्याएको त्रिपालमध्ये जाजरकोटको भेरी नगरपालिकामा पाँच सय, रूकुम पश्चिमको चौरजहारी नगरपालिकामा पाँच सय, मुसिकोट नगरपालिकामा पाँच सय, सल्यानको बाँफीकोट गाउँपालिकामा दुई सय ९२ र सल्यानकै त्रिवेणी गाउँपालिकामा पाँच सय वटा वितरण हुनेछ ।


प्रकाशित मिति: २५ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?