Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

धौलागिरि क्याम्पसमा छात्रवृत्ति कोष स्थापना


गलकोट,बागलुङ। यहाँ रहेको धौलागिरि बहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा रू एक करोडको छात्रवृत्ति कोष शुभारम्भ गरिएको छ । उक्त क्याम्पसका प्रमुख प्रध्यापक डा. रामप्रसाद उपाध्यायले एक महिनाको तलब बराबार रू ७५ हजार कोषमा राखेर बुधबार कोषको शुभारम्भ गरेका हुन् । शुभारम्भकै दिन क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. दिनबहादुर थापाले रू एक लाख पाँच हजार कोषलाई सहयोग गरेका छन् । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनले रू एक करोड ‘धौलागिरि बहुमुखी क्याम्पस छात्रवृत्ति कोष’ स्थापना शुभारम्भ गरेको जनाएको छ । उक्त कोषका लागि रू ५० लाख स्थानीय तहमार्फत र रू ५० लाख देउसीभैलो कार्यक्रम, क्याम्पसका प्रध्यापक, शिक्षक तथा कर्मचारीबाट सङ्कलन गर्ने उद्देश्य रहेको क्याम्पसका स्ववियु सभापति सुदीपसागर कँडेलले जानकारी दिदै क्याम्पसमा अध्ययन गर्न आउने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति रकममार्फत निःशुल्क अध्यापन गराउने उद्देश्य राखेर कोष स्थापना गर्न सुरु गरिएको बताए । त्यस्तै, धौलागिरि क्याम्पसमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क अध्यापन गराउने हाम्रो अठोट छ । यसले क्याम्पसको शैक्षिक गुणस्तरमासमेत वृद्धि गर्दछ”, सभापति कँडेलले भने, “बागलुङका १० वटै स्थानीय तहलाई साझेदारीमार्फत कोषमा सहभागी गराइने छ भने कम्तीमा एक पालिकाले १० लाखको कोष क्याम्पसमा बनाउने छन् भने सोही स्थानीय तहका विद्यार्थीलाई क्याम्पसमा निःशुल्क अध्यापन गराउन सिफारिस गर्न सकिनेछ ।”

उक्त कोषलाई रू एक करोडको बनाउने लक्ष्य अनुसार क्याम्पसका प्राध्यापकहरुले एक महिनाको तलब कोषमा जम्मा गर्न सुरु गरिसकेका क्याम्पसका प्रध्यापक डा. रामप्रसाद उपाध्यायले जानकारी दिदै देउसी भैलो कार्यक्रम खेलेर थप रकम सङ्कलन गरिने बताए । त्यस्तै, उपाध्ययाका अनुसार क्याम्पसका शिक्षक र कर्मचारीबाट झण्डै रू १० लाख कोषमा सहयोग हुने जानकारी दिदै देउसी भैलो, पूर्वविद्यार्थी तथा पूर्व कर्मचारी पुर्नमिलन कार्यक्रममार्फत रू १० लाख सङ्कलन गर्ने लक्ष्य लिइएको छ । सो क्याम्पस र समुदायबीचको सम्बन्ध र सहकार्य बढाउन, उच्च शिक्षा अध्ययन तर्फ विद्यार्थीको आकषर्ण बढाउन कोष निर्माण शुभारम्भ गरिएको स्ववियु सभापति कँडेलले बताए । उक्त कोष स्थापना गरी जम्मा गरिएको रकमको ब्याजबाट बार्षिक एक सयभन्दा बढीलाई छात्रवृतिमार्फत अध्ययन गराउने उद्देश्य रहेको उनको भनाइ रहेको थियो । “कोष स्थापनाको लागि स्ववियुको तर्फबाट तिहारमा देउसी खेल्ने, जिल्लाका १० वटा पालिकाका साथै स्थानीय व्यवसायी, कर्मचारी, समाजसेवी, भूतपूर्व विद्यार्थीलगायत सबैसँग समन्वय गर्ने भएकाले रू एक करोडको कोष स्थापना सजिलै हुनेछ”, कँडेलले भने, “अहिले पनि हामीले केही विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएका छौँ ।” क्याम्पसमा स्थापना गरिने कोषले आर्थिक अभावका कारण पढाइ छोड्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै क्यापसको शैक्षिक गतिविधिलाई चलायमान बनाउने उनले बताए ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?