Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कोशी प्रदेशमा नेकपा एमालेले विश्वासको मत फिर्ता नलिने


काठमाडौं। नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने निर्णय गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।प्रमुख सचेतक रेवतीरमण भण्डारीले दलले दिएको समर्थन फिर्ता लिए पनि विश्वासको मत कायमै रहेको बताएका छन् । उक्त दलको बैठकमा बोल्ने सांसद बुद्धिकुमार राजभण्डारीलगायत केही सांसदले भने एमाले सांसदको सहयोगमा बनेको सरकारमा जानुपर्ने बताएका थिए । त्यस्तै, एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका थिए । त्यसैगरी एमालेले बजेट अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने, कर्णालीका भूकम्प पीडितलाई पारिश्रमिकमा कट्टा हुने गरी राहत सहयोग गर्ने, दूधको बजार व्यवस्थापन गर्न माग गर्ने लगायतको निर्णय गरेको भण्डारीले बताएका छन् ।

 


प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?