Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

कोशी प्रदेशमा नेकपा एमालेले विश्वासको मत फिर्ता नलिने


काठमाडौं। नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने निर्णय गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।प्रमुख सचेतक रेवतीरमण भण्डारीले दलले दिएको समर्थन फिर्ता लिए पनि विश्वासको मत कायमै रहेको बताएका छन् । उक्त दलको बैठकमा बोल्ने सांसद बुद्धिकुमार राजभण्डारीलगायत केही सांसदले भने एमाले सांसदको सहयोगमा बनेको सरकारमा जानुपर्ने बताएका थिए । त्यस्तै, एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका थिए । त्यसैगरी एमालेले बजेट अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने, कर्णालीका भूकम्प पीडितलाई पारिश्रमिकमा कट्टा हुने गरी राहत सहयोग गर्ने, दूधको बजार व्यवस्थापन गर्न माग गर्ने लगायतको निर्णय गरेको भण्डारीले बताएका छन् ।

 


प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?