Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

विद्यार्थीलाई किताब बोक्न नपर्दा …


२० ,कात्तिक ,मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूृर्व)को गैँडाकोट–८ स्थित कालिका नमूना माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत दिनेश बोहोरा हिजोआज झोलामा कपी, कलम मात्र बोकेर विद्यालय जाने गरेका छन् ।

विद्यालयले कक्षा ३ सम्म पढ्ने विद्यार्थीले झोलामा किताब बोकेर विद्यालय जान नपर्ने गरी व्यवस्था मिलाए पछि उनलाई हिजोआज सजिलो भएको छ । पहिले सबै किताब ल्याउँदा गाह्रो हुने गरेकोमा अहिले त्यो भार कम भएको उनको भनाइ थियो ।

छात्र बोहराले भने, “किताब र खाजा विद्यालयमा नै उपलब्ध हुन्छ, अहिले कपी कलम मात्र लिएर आउँछु सजिलो भएको छ ।”

चालु शैक्षिक सत्रदेखि कालिका नमूना माध्यमिक विद्यालय गैँडाकोट नगरपालिका–८ ले कक्षा ३ सम्म पढ्ने विद्यार्थीले झोलामा किताब बोकेर विद्यालय जान नपर्ने गरी व्यवस्था मिलाएको हो ।

विद्यालयको हरेक कक्षामा ‘बुक कर्नर’ बनाएर विद्यार्थीलाई आवश्यक पाठ्यक्रमका पुस्तक उपलब्ध गराउने गरिएको छ । पहिले झोला गहुँगो भयो भन्ने विद्यार्थी अहिले खुसी भएर विद्यालय आउने गरेका छन् ।

कक्षा २ मा अध्ययनत छात्रा वर्षा भुसाल पनि विद्यालयको सुविधाले खुसी छिन् । शिक्षकले किताब नल्याउन र स्कुलकै किताब पढ्न भने पनि उनले कहिलेकाहीँ किताब लिएर आउने गरेको जानकारी दिईन् । उनले भनिन्, “विद्यालयमै किताब छ तर कहिलेकाहीँ एक–दुई वटा किताब ल्याउँछौँ । तर हामीले कक्षामा नै किताब पाउँछौँ ।

कक्षा ३ मा अध्ययनत आदित्य गौतमले आफ्नै कक्षामा भएको ‘बुक कर्नर’बाट जुन विषय अध्ययन गर्ने हो सोही किताब निकालेर पढ्ने गरेको जानकारी दिए । “किताब घरमा छुट्यो भन्न पनि पर्दैन, स्कुलमा पाइन्छ अझै आफ्नै कक्षामा हुन्छ, आफैँ किताब निकाल्छु अनि साथीसँग मिलेर पढ्छौँ । ”

बालबालिकालाई सहज सिकाइ गराउन कक्षा कोठामा नै पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक प्रजानाथ कँडेलले जानकारी दिए । “बालबालिकालाई सहज तरिकाले सिकाइ गराउन यो व्यवस्था गरेको हो”, उनले भने, “अलिकति आर्थिक भार थप भएको छ, अर्को शैक्षिक सत्रदेखि अझ सहज हुने छ ।”

अहिले विद्यार्थीको घरमा ‘एक सेट’ पुस्तक छ भने उनीहरूले विद्यालयमा पनि सोही किताब पढ्न पाउँछन् । विद्यालयमा यस शैक्षिक सत्रमा दुई विद्यार्थीका लागि एक सेट पुस्तक उपलब्ध छ भने २०८१ को शैक्षिक सत्रदेखि प्रत्येक विद्यार्थीलाई एक सेट पुस्तक उपलब्ध गराउने तयारी गरिएको प्रधानाध्यापक कँडेलले बताए ।

“हामीले पहिले सोही कक्षामा पढेका विद्यार्थीले विद्यालयमा पुस्तक फिर्ता गराउनका लागि अभिभावकसँग सल्लाह पनि गरेका छौँ, अब अर्को शैक्षिक सत्रदेखि सहज हुन्छ”, उनले भने, “हामीले तीन कक्षासम्म मात्र नभई अब पाँच कक्षासम्म पनि त्यही प्रक्रियामा जाने योजना बनाउँदै छौँ ।”

विद्यार्थीलाई सहज बनाउन विद्यालयले गरेको प्रयासलाई अभिभावकले पनि प्रशंसा गरेका छन् । गहुँगो झोला बोकेर विद्यालय जाँदा हुने सास्तीबाट विद्यार्थीले राहत पाएको अभिभावकको भनाइ छ ।


प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?