Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

विपिन जोशीको सकुशल रिहाइको माग


१९ ,कात्तिक ,दोधारा चाँदनी । प्यालेस्टिनी आतङ्कवादी समूह हमासको नियन्त्रणमा रहेको भनिएका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको सकुशल रिहाइको माग गर्दै आज महेन्द्रनगरमा प्रदर्शन गरिएको छ ।

विपिनका परिवारसँगै आफन्तले जोशीको रिहाइका लागि माग गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । “आफ्नै छोरा सम्झेर जस्तो अवस्थामा भए पनि मेरो छोरालाई ल्याइदिनूस्,” आमा पद्माले भक्कानिँदै भनिन्, “जतिसक्दो चाँडो छोराको उद्धार गरिदिनूस् ।”

इजरायली सरकारले विपिन हमास समूहको नियन्त्रणमा रहेको पुष्टि गरेपछि उनको परिवारमा केही आशा पलाएको छ ।

विपिनका बुबा महानन्द जोशीले विपिन सकुशल नेपाल फर्किने आशा रहेको बताए । “हामीलाई अझै आशा छ सरकारले छोरालाई सकुशल उद्धार गर्नेछ,” महानन्दले भने, “हामी विपिनको प्रतीक्षामा छौँ, तिहार अगावै छोराको उद्धार गरेर घर ल्याइदिनूस् ।”

नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घ र मानव अधिकारवादी सङ्घसंस्थाहरूले तत्काल छोराको उद्धारमा सहयोग गर्न आग्रह गरे । र्यालीमा जोशीका बुबासँगै आमा पद्मा र बहिनी पुष्पा पनि सहभागी थिइन् । महेन्द्रनगरको मदन चोकबाट सुरु गरिएको ¥याली बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर समापन गरिएको हो ।

प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाइएको छ । ज्ञापनपत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विपिनको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभयो ।

सुदूरपश्चिम विश्वविद्यालयको टीकापुर क्याम्पसमा कृषि सङ्कायमा आठौँ सेमेष्टरमा अध्ययनरत जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत भदौमा इजरायल गएका थिए ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?