Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

विपिन जोशीको सकुशल रिहाइको माग


१९ ,कात्तिक ,दोधारा चाँदनी । प्यालेस्टिनी आतङ्कवादी समूह हमासको नियन्त्रणमा रहेको भनिएका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको सकुशल रिहाइको माग गर्दै आज महेन्द्रनगरमा प्रदर्शन गरिएको छ ।

विपिनका परिवारसँगै आफन्तले जोशीको रिहाइका लागि माग गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । “आफ्नै छोरा सम्झेर जस्तो अवस्थामा भए पनि मेरो छोरालाई ल्याइदिनूस्,” आमा पद्माले भक्कानिँदै भनिन्, “जतिसक्दो चाँडो छोराको उद्धार गरिदिनूस् ।”

इजरायली सरकारले विपिन हमास समूहको नियन्त्रणमा रहेको पुष्टि गरेपछि उनको परिवारमा केही आशा पलाएको छ ।

विपिनका बुबा महानन्द जोशीले विपिन सकुशल नेपाल फर्किने आशा रहेको बताए । “हामीलाई अझै आशा छ सरकारले छोरालाई सकुशल उद्धार गर्नेछ,” महानन्दले भने, “हामी विपिनको प्रतीक्षामा छौँ, तिहार अगावै छोराको उद्धार गरेर घर ल्याइदिनूस् ।”

नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घ र मानव अधिकारवादी सङ्घसंस्थाहरूले तत्काल छोराको उद्धारमा सहयोग गर्न आग्रह गरे । र्यालीमा जोशीका बुबासँगै आमा पद्मा र बहिनी पुष्पा पनि सहभागी थिइन् । महेन्द्रनगरको मदन चोकबाट सुरु गरिएको ¥याली बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर समापन गरिएको हो ।

प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाइएको छ । ज्ञापनपत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विपिनको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभयो ।

सुदूरपश्चिम विश्वविद्यालयको टीकापुर क्याम्पसमा कृषि सङ्कायमा आठौँ सेमेष्टरमा अध्ययनरत जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत भदौमा इजरायल गएका थिए ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?