Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

‘दुःखको कारण मन’


१९ ,कात्तिक ,गण्डकी । विकासानन्द फाउन्डेसन विश्व परिवार कास्कीद्वारा शनिबार आयोजित ज्ञान योग, ध्यान, तथा साधना शिविरबाट सयौँले लाभ लिएका छन् ।

शिविरमा डा योगी विकासानन्दले आत्मजागरण प्रवचनसँगै स्वासक्रिया साधना, ध्यान साधना, शक्तिपात साधनालगायत विभिन्न योगासनबारे प्रशिक्षण दिएका थिए ।

उनले संसारका सबै दुःखको कारण मन भएकाले मनलाई वशमा राख्न सक्ने मान्छे नै जीवनमा सफल हुने धारणा राखे । उनले भने “स्वस्थ र तनावमुक्त जीवन बिताउन योग र ध्यान साधनाको मार्ग पछ्याउनुपर्छ । शारीरिक, मानसिकसँगै सामाजिक स्वास्थ्यका लागि पनि योग जरुरी छ । शरीर, आत्म र मस्तिष्क शुद्धीका लागि हरेकले योग साधनालाई अपनाउनुपर्छ । ”

आधुनिक समाजमा डर, चिन्ताजस्ता समस्याबाट मानिस आक्रान्त बनेको उहाँको भनाइ थियो । डरलाई जित्न ध्यान साधनासँगै सकारात्मक सोच र सङ्कल्प चाहिने डा विकासानन्दले बताए ।

पछिल्लो समय नसर्ने रोग जटिल समस्याका रूपमा देखापरेको भन्दै उहाँले त्यसबाट बच्न ध्यान र योगसाधनामा जोड दिए । शिविरको शुभारम्भ गर्नुहुँदै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आध्यात्मिक चिन्तनका माध्यमबाट वैयक्तिक र सामाजिक रुपान्तरण सम्भव रहेको धारणा राखे ।

उनले धार्मिक तथा आध्यात्मिक पर्यटनका हिसाबले पनि पोखराको प्रवर्द्धन भइरहेको बताए । डा विकासानन्दले पोखरामै आश्रम स्थापना गरेर सुरु गरेको आध्यात्मिक जागरण अभियानमा महानगरले सहयोग गर्ने प्रमुख आचार्यले जानकारी दिए ।

“आजको यो ध्यान साधना शिविरमा पनि महानगर प्रवर्द्धकको भूमिकामा रहेको छ”, उनले भने, “योग, ध्यान तथा आध्यात्मिक ज्ञान र सीपको संरक्षणमा महानगर सधैँ साथमा रहन्छ ।”

फाउन्डेसनका संयोजक धना पुनले मानिसमा सकारात्मक सोच, चिन्तनको अभिवृद्धि गराई जीवनशैली परिवर्तनमा सहयोग पुर्याउन शिविरको आयोजना गरिएको बताए ।

उनले पछिल्लो समयमा व्याप्त हुँदै गएको मानसिक तथा मनोवैज्ञानिक समस्याबाट मुक्त हुन योग साधनाले ठूलो मद्दत गर्ने उनको भनाइ छ ।

शिविरमा जीवन जिउने असल तरिकाबारे पनि डा विकासानन्दले सहभागीलाई प्रशिक्षित गरेका थिए । शिविरमा मनको शक्ति प्रदर्शन, शक्तिपात प्रदर्शन, हावा ध्यान, सामूहिक शक्ति जाँचलगायतका अभ्यास गराइएको थियो ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?