Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

‘यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्ट’को चियापान र रक्तदान


नुवाकोट: ‘यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्ट’को आयोजनामा शुक्रबार नुवाकोटको विदुरमा रक्तदानका साथै चियापान कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा ५४ जना रक्तदाताहरूले रक्तदान गर्नुका साथै १५ सयभन्दा बढी अतिथिहरूको चियापनमा सहभागी रहेको थियो ।

ट्रस्ट नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, केदारनरसिंह केसी, जगदीश्वरनरसिंह र परिवारले स्थापना गरेको सामाजिक संस्था हो ।राजनीतिक आग्रह, दायरा र होडबाजीबाट मुक्त रहेर सामाजिक सेवा, खासगरी विपन्न, असहायलाई सहयोग गर्ने उद्देश्यले १५ वर्षअघि उक्त ट्रस्ट स्थापना भएको नेता जगदीश्वरनरसिंह केसीको भनाइ छ ।

ट्रस्टले हालसम्म विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थासँगको समन्वयमा स्वास्थ्य र शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दैआएको छ । जसअनुसार हालसम्म ९ वटा एम्बुलेन्स स्थानीय समुदायलाई वितरण गरिउको छ भने नुवाकोट लगायत बिभिन्न जिल्लाहरुमा निःशुल्क औषधिसहित ४८ पटक विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

यसैगरी २०७२ को भूकम्प र कोरोना महामारीको समयमामा ट्रस्टले राहत तथा उद्धार र उपचार सञ्चालन गरेको थियो भने जेहेन्दार छात्रवृत्ति वितरणलगायतका कार्य पनि गर्दै आएको छ ।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?