Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

‘यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्ट’को चियापान र रक्तदान


नुवाकोट: ‘यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्ट’को आयोजनामा शुक्रबार नुवाकोटको विदुरमा रक्तदानका साथै चियापान कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा ५४ जना रक्तदाताहरूले रक्तदान गर्नुका साथै १५ सयभन्दा बढी अतिथिहरूको चियापनमा सहभागी रहेको थियो ।

ट्रस्ट नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, केदारनरसिंह केसी, जगदीश्वरनरसिंह र परिवारले स्थापना गरेको सामाजिक संस्था हो ।राजनीतिक आग्रह, दायरा र होडबाजीबाट मुक्त रहेर सामाजिक सेवा, खासगरी विपन्न, असहायलाई सहयोग गर्ने उद्देश्यले १५ वर्षअघि उक्त ट्रस्ट स्थापना भएको नेता जगदीश्वरनरसिंह केसीको भनाइ छ ।

ट्रस्टले हालसम्म विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थासँगको समन्वयमा स्वास्थ्य र शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दैआएको छ । जसअनुसार हालसम्म ९ वटा एम्बुलेन्स स्थानीय समुदायलाई वितरण गरिउको छ भने नुवाकोट लगायत बिभिन्न जिल्लाहरुमा निःशुल्क औषधिसहित ४८ पटक विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

यसैगरी २०७२ को भूकम्प र कोरोना महामारीको समयमामा ट्रस्टले राहत तथा उद्धार र उपचार सञ्चालन गरेको थियो भने जेहेन्दार छात्रवृत्ति वितरणलगायतका कार्य पनि गर्दै आएको छ ।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?