Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

सुनसरीमा तीन हजार हेक्टर क्षेत्रफलमा आलु खेती


इनरुवा। सुनसरीका कृषक आलु खेती लगाउनतर्फ व्यस्त भएका छन् । जिल्ला सदरमुकाम इनरुवासहित भोक्राहा नरसिंह, कोशी, हरिनगर, देवानगञ्ज, गढी, बराहक्षेत्र, दुहबी धरानलगायत स्थानमा बसोबास गर्ने किसान दसैँ सकिएसँगै आलु खेती गर्नेतर्फ व्यस्त भएका हुन् । इनरुवाका किसान गौरी यादवले दशैँ अगाडि धान बाली भित्र्याएरपछि अहिले आलु रोप्नका लागि चटारो रहेको बताए । यहाँका कृषकले हिउँदे बालीका रुपमा मुख्यतः आलुखेती नै गर्ने गरेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिदै आलुको माग बजारमा उच्च भएपछि किसान थप व्यावसायिक रूपमा आलु खेतीमा लाग्ने गरेको स्थानीय कृषकले बताएका छन् ।

उक्त जिल्लामा एउटा किसानले एक कट्ठादेखि पाँच बिघा क्षेत्रफलसम्म आलु खेती गर्ने गरेको पाईन्छ । त्यस्तै, विगतमा परम्परागत पुरानो आलुको बीउ लगाउँदै आएको किसान अहिले नयाँ जातको बीउ लगाउन थालेका छन् । यहाँका किसानले मुख्यतः काडिनल, जनक, कुफरी जपि, भुटानी, सठिया, टिपिएस लगायतका जातका आलु लगाउने गरेको ज्ञान केन्द्र सुनसरीका प्रमुख सिंहले जानकारी दिए । यहाँको आलु सदरमुकाम इनरुवा हुँदै अन्य मुख्य तरकारी बजारमा बिक्री हुने गरेकाले बजारको अभाव नरहेको कृषकको भनाइ रहेको छ । यहाँ वार्षिक रुपमा तीन हजार हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख सिंहले जानकारी दिए ।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?