Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

महानगरपालिकाले सीप कार्यक्रममा सूचीकृत हुन आग्रह


काठमाडौं। काठमाडौं महानगरपालिकाले चालु शैक्षिक सत्रका लागि शिक्षामा सीप कार्यक्रममा प्रशिक्षण दिन चाहने सङ्घसंस्था तथा व्यक्तिहरूलाई विद्यालयमा सूचीकृत हुन अनुरोध गरेको छ ।उक्त कार्यक्रम कामपाले आफ्नो कार्यक्षेत्रमा रहेका ५६ माविमा गत वैशाख १२ गतेदेखि सुरु गरेको थियो भने माध्यमिक तह कक्षा ९ र १० मा शिक्षामा सीप सञ्चालन हुने सामुदायिक विद्यालयका लागि प्रशिक्षक सूचीकृत हुन आग्रह गरिएको कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिए । हाल कामपामा २९ वटा सामुदायिक विद्यालय छन् । उनका अनुसार पाठ्यपुस्तकबाट प्राप्त सैद्धान्तिक ज्ञानसँगै जीवनोपयोगी, सीपमूलक, व्यावहारिक शिक्षा प्रदान गरेर विद्यालय तह पूरा गर्दा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्न यस प्रकारको कार्यक्रम थालनी गरिएको हो । यस कार्यक्रमका लागि १० विषय राखिएको छ । कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कला, फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ एन्ड इलेक्ट्रिकल), विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधा तालिमका विषयहरु हुन् । दश विधामध्ये मूर्तिकला विधा तालिमका लागि कामपा र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबीच सम्झौता भइसकेकाले बाँकी नौ विधाका लागि मात्रै सूचीकृत गर्न पाइनेछ ।

त्यस्तै, दश क्षेत्रमा तालिम कक्षा सञ्चालन गरिरहेको व्यक्ति तथा संस्था सूचीकृत हुनयोग्य हुनेछन् । सूचीकृत सेवा प्रदायक संस्थाको अनुभवलाई ४० अङ्कमा, जनशक्तिको योग्यता, अनुभव र प्रशिक्षक प्रशिक्षण तालिमलाई ४० अङ्कमा, प्रविधि हस्तान्तरणसम्बन्धी प्रतिविद्वतालाई १० अङ्कमा र आर्थिक तथा प्राविधिक क्षमतालाई १० अङ्कमा मूल्याङ्कन गरेर प्रशिक्षक छनोट गरिनेछ । जनशक्तिको योग्यता, अनुभव र प्रशिक्षक प्रशिक्षण सूचकमा, तालिम संयोजकको शैक्षिक योग्यता स्नातकोत्तर भए पाँच अङ्क र स्नातक भए तीन अङ्क दिइनेछ भने तालिम संयोजन गरेको अनुभवलाई प्रतिवर्ष एक अङ्क र बढीमा पाँच अङ्क दिइनेछ । त्यस्तै, ट्रेनिङ इन्स्टिच्युट फर टेक्निकल इन्स्ट्रक्चर (टिआइटिआई) वा मान्यता प्राप्त संस्थाबाट प्रशिक्षक प्रशिक्षण प्राप्त योग्यतालाई पाँच अङ्क दिइनेछ ।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?