Trending
>>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन >>   राष्ट्रिय परिचयपत्र प्रणाली १५ सरकारी निकायसँग जोडियो >>   सडक दुर्घटना बढेपछि प्रशासनको कडाइ : काठमाडौँ–हेटौँडा रुटमा समयसीमा तोकियो >>   आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव >>   मोबाइलसँगै बाथरुम पस्दै हुनुहुन्छ ? हुन सक्छ यस्तो समस्या !
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार

तनहुँको व्यासगुफा शास्त्र र शक्तिको केन्द्र हो : वरिष्ठ संस्कृतिविद् डा.गुरुङ


दमौली। वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङले व्यास ऋषिको जन्मभूमि दमौली शास्त्र र शक्तिको प्रमुख केन्द्रबिन्दु रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–३ व्यासगुफा क्षेत्रमा बिहीबारदेखि सुरु भएको श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले व्यास ऋषिको जन्मभूमि, परासर ऋषिको तपोभूमि व्यासगुफा शास्त्र र शक्तिको प्रमुख केन्द्रबिन्दु भएको उल्लेख समेत गरे । यही कात्तिक १ गतेदेखि जारी आठौँ विश्वओमकार तथा हिन्दू महामिलन पर्वअन्तर्गत विश्व हिन्दू महासङ्घ नेपाल स्याङ्जा शाखाको आयोजनामा महायज्ञ सुरु भएको हो । प्रमुख वाचक पण्डित नेत्रप्रसाद पण्डितको वाचकत्वमा सात दिन भागवत् कथा वाचन हुनेछ । विश्व हिन्दू महासङ्घ स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दू महासङ्घका उपाध्यक्ष शङ्कर खराल, शान्ति स्वरुपानन्द दामोदर बाबा, व्यासका अध्यता काशीनाथ न्यौपाने, पूर्वसांसद शङ्करप्रसाद पाण्डे लगायतले व्यासभूमिको महत्वका बारेमा चर्चा गरे । वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँका दुर्गाभक्त अधिकारीले व्यास भूमिलाई पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले परिचित गराउन र धार्मिक पर्यटन प्रवर्धन टेवा पुर्‍याउने उद्देश्यले कात्तिक १ गतेदेखि एकमहिने महामिलन पर्व आयोजना गरिएको बताए । विसं २०७४ कात्तिक १ गतेदेखि १८ महिनासम्म अखण्ड हरिकीर्तन गरिएको यस ठाउँमा त्यसैको निरन्तरता स्वरुप प्रत्येक वर्ष कात्तिक महिनामा यो कार्यक्रम आयोजना हुँदै आएको छ । महामिलन पर्वमा धर्मगुरु, सन्त, महन्त, विद्वान, बुद्धिजीवी एवं सम्पूर्ण ओमकार परिवारको उपस्थिति रहनेछ । महामिलन पर्वका अवसरमा वैदिक सनातन विधिअनुसार हीरण्यगर्भ भगवानी श्रीशालिग्राम तथा पञ्चायन देवताको षोडशोपचारले पूजा, वेद विभिन्न पुराण, रुद्री, चण्डि आदिको पाठ, धर्म गुरुहरुबाट दैनिक धार्मिक प्रवचनलगायतका कार्यक्रम सञ्चालन भइरहेको छ ।

पूर्वीय साहित्यका महाकवि वेदव्यासले यही भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेको दाबी र विभिन्न स्रोतले प्रमाणित गरे पनि व्यासभूमिको उचित प्रसारप्रसार हुन नसकेपछि सरोकारवाला संस्था कस्सिएका हुन् । व्यासका अध्येता काशीनाथ न्यौपानेले जनताको तहबाट प्रयास सुरु भए पनि अझै यसले साकार रुप लिन नसकेको बताउदै विभिन्न शास्त्रीय प्रमाणहरुले व्यासको जन्मभूमि दमौलीमा भएको स्वीकार गरिसके पनि प्रचारप्रसारको अभावमा यस क्षेत्रमा ओझेलमा परिरहेको उनको भनाइ रहेको छ । त्यसैगरी विसं २०४१ मा योगी नरहरिनाथले कोटीहोम लगाउने सिलसिलामा भएको धर्मसभामा महर्षी वेदव्यासको अवतरण भूमि दमौलीस्थित शुक्लामाहेन्द्री सङ्गम भएको भनाइ व्यक्त गरेका थिए । आजभन्दा करिब ५५ सय वर्ष अगाडी व्यासको यस क्षेत्रमा अवतरण भएको धार्मिक विश्वास छ । व्यास ऋषिको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि आठ किमी पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिमपट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको थियो, माछाका रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको बताएको छ ।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?