Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

एमसिसी परियोजना समयमा सम्पन्न गर्ने प्रतिबद्धता


१७ ,कात्तिक ,काठमाडौँ । अमेरिकाको भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री एन पी साउदले एमसिसि परियोजना समयमा नै सम्पन्न गरिने बताएका छन् ।

आज परराष्ट्रमन्त्री एनपी साउद र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राईटबीच वाशिङ्टन डिसीमा भएको भेटमा मन्त्री साउदले निर्धारित समयमा नै परियोजना पूरा हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

एमसिसी परियोजना पाँच वर्षमा नै सम्पन्न गर्ने विषयमा एमसिसीका अधिकारीसँग छलफल भएको वाशिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशकुमार ढकाल, दूतावासका अधिकारीहरुलगायत एमसिसीका उपाध्यक्ष जोनाथन ब्रुक्स, नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्सन उपस्थित थिए ।

गत भदौ १२ गतेदेखि कार्यान्वयन भएको उक्त परियोजनाअन्तर्गत नेपालको विद्युत् आपूर्ति र यातायात पूर्वाधार निर्माण गरिनेछ । पचास करोड अमेरिकी डलर अनुदानको उक्त आयोजनमा नेपाल सरकारले १३ करोड डलर योगदान गरेको छ ।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?