Trending
>>   बलिदान गरेर आएका राजनीतिक दलहरुलाई निषेध गर्नेकुरा स्वीकार्य हुँदैनः महासचिव पोखरेल >>   राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरुसँग छलफल >>   जेन–जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी अपराधिक र षड्यन्त्रपूर्णः ईश्वर पोखरेल >>   राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ,कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ :… >>   जेन–जी आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित रह्योः अध्यक्ष दाहाल >>   सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल >>   प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदुतको शिष्टाचार भेट >>   अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचनः गृहमन्त्री अर्याल >>   समयमै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग तयार छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   जेन जीको नाममा भएको आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानविन गरी कारबाही गरियोस्ः प्रकाशमान सिंह
Logo
३ आश्विन २०८२, शुक्रबार
३ आश्विन २०८२, शुक्रबार

स्याङ्जाको वालिङ सहकारीको सयपत्री फूलखेती


वालिङ,स्याङ्जा। स्याङ्जाको वालिङमा रहेको वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्थाले व्यावसायिकरुपमा सयपत्री फूल उत्पादन गरेको छ । बचत तथा ऋणको कारोबार गर्दै आएको उक्त सहकारीले आफ्ना शेयर सदस्यलाई फूलखेती गर्नतर्फ प्रेरित गर्ने उद्देश्यसहित व्यावसायिकरुपमा सयपत्री फूलखेती थालिएको सहकारीका अध्यक्ष दिपेन्द्र गैरेले बताए ।“सहकारीले शेयर सदस्यहरुबीच आर्थिक कारोबार मात्रै नगरी उनीहरुलाई उत्पादनसँग जोड्न र फूलखेतीको व्यावसायिक सम्भावनााबारे जानकारी दिन फूलखेती गरेका हौंँ” उनले भने, “दीपावलीलाई लक्षित गरेर फूल लगाइएको र उत्पादन पनि भएकाले आर्थिकरुपमा पनि फाइदा हुने भएको छ ।” जिल्लामा बाहिरबाट तिहार तथा अन्य कार्यक्रममा सयपत्री फूलका माला तथा थुङ्गाहरु आउने गरेकामा यहीँ उत्पादन गरी आयातलाई प्रतिस्थापन गर्दै लगिने अध्यक्ष गैरेले बताए ।

उनले पाँच रोपनी जग्गामा पहिलो पटक पाँच हजार बोट सयपत्री लगाइएको बताउदै दसैँ तिहारलगायत चाडपर्वलाई लक्षत गरेर साउनमा लगाइएको बेर्ना अहिले फूलेर रङ्गीविरङ्गी देखिएको सहकारीका सचिव दोलराज गैरेले जानकारी दिए । यहाँ उत्पादन भएको फूल अहिले पोखरामा खपत भइरहेको छ र सहकारीले प्रतिमाला रु एकसय २० देखि एकसय ५० सम्म बिक्री गर्दै आइरहेको छ । फूलका थुङ्गा प्रतिकेजी रु तीन सय ५० मा बिक्री भइरहेको उनले बताए । जिल्लाभित्र कार्यक्रम कम हुनु, माला तथा फूलको प्रयोग कम हुनुजस्ता कारणले अहिले बजार नपाए पनि अब लगत्तै नेपालीहरुको दोस्रो ठूलो चाड दीपावलीसम्ममा बिक्री भइसक्ने विश्वास सहकारीको छ । सहकारीले जग्गाको भाडा, जग्गा खनजोत, मलखाद, बीउबिजन, ज्याला, उपकरण खरिदलगायतमा झण्डै रु एकलाख खर्च भएको उनले बताए । व्यक्तिगतरुपमा मात्रै नभइ समूह तथा सहकारीमार्फत पनि यस प्रकारका व्यावसाय गर्न सकिन्छ भन्ने उदाहरणका लागि पनि सहकारीले फूलखेती गरेको जिकिर उनको रहेको छ ।

 


प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?