Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२८ पुष २०८२, सोमबार
२८ पुष २०८२, सोमबार

बजेट अभावमा पाडाजुङ्गी–गौरीगञ्ज सडक अलपत्र


१५ ,कात्तिक ,झापा । बजेट अभावमा पाडाजुङ्गी–गौरीगञ्ज सडक निर्माण रोकिएर अलपत्र परेको छ । सडकको करिब ६० प्रतिशत काम पूरा भएपछि निर्माण कार्य रोकिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी गौतमकुमार देवका अनुसार विसंं २०७९ चैतमा साढे तीन किलोमिटर चार लेनको सडक निर्माण गर्ने गरी खरीढुङ्गा–माङ्वा–पूर्वाञ्चल जेभीले सम्झौता गरेको थियो ।

गत असोज २० गते निर्माण सम्पन्न गर्ने गरी रु ११ करोड ७० लाखमा ठेक्का लिएको कम्पनीको ढिलासुस्तीका कारणसमेत बजेटमा समस्या भएको उनले बताए ।

“गत आर्थिक वर्षमै काम सकेको भए बजेटको समस्या हुने थिएन”, उनले भने, “चालु आर्थिक वर्षमा अर्थ मन्त्रालयमा यस सडक निर्माणको बजेट समावेश नहुँदा समस्या भएको हो । पहल गरिरहेका छौँ ।”

उनले पूर्वपश्चिम राजमार्गसँग सीमा जोडिएको कमल गाउँपालिका–६ मा बन्दै गरेको सडकको सबै काम पूरा भए पनि बजेट अभावमा कालोपत्र गर्न नसकिएको बताए ।

उनका अनुसार ठेकेदार कम्पनीले रु छ करोड ५० लाख भुक्तानी पाइसकेको बताए । पुरानो कालोपत्रे भत्काएर नयाँ निर्माणको कामसमेत नभएपछि हाल धुलोका कारण स्थानीयवासी हैरान भएका छन् ।

दुर्घटनाको जोखिम बढ्नुका साथै ज्येष्ठ नागरिक, बालबालिका, बिरामीलाई थप समस्या परेको स्थानीयवासीको भनाइ छ । सूचना अधिकारी देवले सडक बन्द गराउन र खुलाउन भन्दै दैनिकजसो सडक डिभिजन कार्यालय दमकमा ज्ञापनपत्र लिएर स्थानीयवासी, जनप्रतिनिधि आइरहेको बताए ।

उनले सो सडकको निर्माण कार्य पूरा गर्नका लागि सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा अर्थमन्त्रालयमा फाइल समावेश गरी बजेट निकासाका लागि पहल गरिरहेको बताए ।


प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?