Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

सहरलाई दिगो विकास प्रवर्द्धनमा जोड दिन महासचिव गुटेरेसको आग्रह


१५ ,कात्तिक ,संयुक्त राष्ट्रसङ्घ । विश्व सहर दिवस मनाउने क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले मङ्गलबार दिगो विकास, आर्थिक वुद्धि तथा नव प्रवर्तनको प्रवर्द्धनमा सहरहरूको भुमिका महत्वपूर्ण रहेको बताएका छन् ।

“विश्व सहर दिवस दिगो विकासमा सहरहरूको महत्वपूर्ण भूमिकामाथि विचार गर्ने समय हो”, सहर आर्थिक महाशक्ति मात्र नभएर विश्वव्यापी आवश्यकता पूरा गर्ने अग्रणी क्षेत्र पनि रहेको उल्लेख गर्दै उनले भने ।

महासचिव गुटेर्रेसले सहरहरूले जलवायु परिवर्तनदेखि लिएर बढ्दो सामाजिक असमानता र राजनीतिक विभाजनजस्ता जटिल चुनौतीहरूको सामना गर्नुपरिरहेको बताए ।

हाल विश्वको आधाभन्दा धेरै जनसङ्ख्याले पहिलादेखि नै सहरी जीवनलाई अपनाइसकेका छन् । संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमको अनुमानअनुसार सन् २०५० सम्म करिब ७० प्रतिशत मानिस सहरमा बस्नेछन् ।


प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?