Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२८ पुष २०८२, सोमबार
२८ पुष २०८२, सोमबार

सहरलाई दिगो विकास प्रवर्द्धनमा जोड दिन महासचिव गुटेरेसको आग्रह


१५ ,कात्तिक ,संयुक्त राष्ट्रसङ्घ । विश्व सहर दिवस मनाउने क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले मङ्गलबार दिगो विकास, आर्थिक वुद्धि तथा नव प्रवर्तनको प्रवर्द्धनमा सहरहरूको भुमिका महत्वपूर्ण रहेको बताएका छन् ।

“विश्व सहर दिवस दिगो विकासमा सहरहरूको महत्वपूर्ण भूमिकामाथि विचार गर्ने समय हो”, सहर आर्थिक महाशक्ति मात्र नभएर विश्वव्यापी आवश्यकता पूरा गर्ने अग्रणी क्षेत्र पनि रहेको उल्लेख गर्दै उनले भने ।

महासचिव गुटेर्रेसले सहरहरूले जलवायु परिवर्तनदेखि लिएर बढ्दो सामाजिक असमानता र राजनीतिक विभाजनजस्ता जटिल चुनौतीहरूको सामना गर्नुपरिरहेको बताए ।

हाल विश्वको आधाभन्दा धेरै जनसङ्ख्याले पहिलादेखि नै सहरी जीवनलाई अपनाइसकेका छन् । संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमको अनुमानअनुसार सन् २०५० सम्म करिब ७० प्रतिशत मानिस सहरमा बस्नेछन् ।


प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?