Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

राजस्व सङ्कलन विधेयक प्रदेशसभामा प्रस्तुत हुँदै


१५ ,कात्तिक ,विराटनगर । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशको राजस्व सङ्कलन विधेयक, २०८० प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा आज भएको मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ वार्षिक प्रतिवेदनका साथै अन्य आयोगका वार्षिक प्रतिवेदन सभामा पेश गर्ने निर्णय गरेको हो ।

साथै बैठकले झापाको अर्जुनधारा नगरपालिकालाई जापानको इवाते प्रान्तको तोवो नगरसँग भगिनीसम्बन्ध कायम गर्न स्वीकृति दिएको बिनाविभागीय मन्त्री शम्शेर राईले राससलाई जानकारी दिए ।


प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?