Trending
>>   रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी >>   कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता >>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन
Logo
२८ कार्तिक २०८३, शनिबार
२८ कार्तिक २०८३, शनिबार

सहमतिका आधारमा शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने


१५ ,कात्तिक ,काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया सहमतिका आधारमा टुङ्ग्याउनुपर्ने बताएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमालेले आयोजना गरेको दसैँ, तिहार, नेपाल सम्वत्, छठलगायत पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले शान्ति प्रक्रिया पीडितलाई केन्द्रमा राखेर तथा सर्वोच्च अदालतको आदेशलाई मानेर टुङ्ग्याउनुपर्नेमा जोड दिए ।

“शान्ति प्रक्रियाका सम्बन्धमा अन्तर्राष्ट्रिय मानवअधिकार काउन्सिलले भनेका कुरालाई पनि ध्यान दिनुपर्दछ”, उनले भने, “खासगरी पीडितलाई न्याय दिनुपर्दछ ।”

अध्यक्ष ओलीले चाडपर्वका समयमा राजनीतिकरुपमा कुनै पनि टीकाटिप्पणी गर्न नहुने बताए । “हामीबीच कहाँ कहाँ कमीकमजोरी रहेका छन् । ती कुरा निकाल्दा चाडपर्वको गरिमामा प्रतिकूल असर पर्छ ।”

चाडपर्व परम्परा र सामाजिक सम्बन्धसँग जोडिएको उल्लेख गर्दै उहाँले विभिन्न सन्दर्भले चाडपर्वलाई पुष्टि गरेको बताए ।

चियापानमा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, विभिन्न पार्टीका शीर्ष नेता, कूटनीतिक नियोगका प्रमुख, संवैधानिक परिषद्का पदाधिकारी, कर्मचारी, सर्वसाधारणलगायतको सहभागिता रहेको थियो ।

सहभागीलाई एमाले अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्वागत गरेका थिए । पार्टीका तत्कालीन अध्यक्ष एवं पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ सालदेखि चियापानको आयोजना गरेका हुन् ।

त्यसपछि एमालेले नियमितरुपमा हरेक वर्ष दसैँ र तिहारकाबीचमा शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । गत वर्ष प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका कारण चियापान कार्यक्रम आयोजना गरिएको थिएन ।


प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?