Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

शेयर बजारको ओरालो यात्रा कायमै


काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ । हिजो मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज पाँच दशमलव ८३ अङ्कले घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार आठ सय ५८ दशमलव ५६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता शेयर ७७ हजार आठ सय ७० पटक खरिदबिक्री हुँदा रू ८१ करोड २० लाख ८९ हजार दुई सय ९१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । लगानी समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन समूह एक दशमलव ०१ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ९८ प्रतिशतले घटेको छ ।

सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ३९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा भने सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्य सात दशमलव ९९ प्रतिशतले घटेको छ । त्यस्तै कारोबार रकम र कारोबार भएको शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू १४ करोड ६० लाख दुई हजार दुई सय २५ बराबरको छ लाख १६ हजार सात सय ७५ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?