Trending
>>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

कृषिमा आधारित रोजगारी सिर्जना गर्न प्रदेश लागेको छ : मुख्यमन्त्री पाण्डे


त्रिवेणी, नवलपरासी ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले कृषिमा आधारित रोजगारी सिर्जना गर्न लागेको बताएका छन् । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा आयोजित प्रशोधनयोग्य आलु प्रवर्धन कार्यक्रमसम्बन्धी अभिभुखीकरण कार्यक्रममा उनले रोजगारी सिर्जनाका लागि पहिलो प्राथमिकतामा राखेर सोहीअनुसार कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए । जमिन बाँझो हुँदै जानेक्रम बढ्दै गएको र युवाहरू पनि कामको सिलसिलामा विदेश जानेक्रम बढेकाले आफ्नै ठाउँमा कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा छलफलपछि प्रदेशले कृषिलाई पहिलो प्राथमिकता दिएर काम अघि बढाएको मुख्यमन्त्री पाण्डेले बताएका छन्।

कृषिलाई आधार मानेर फलफूल खेती, आलु खेती, चैते धान बालीसहित अन्य नगदे तरकारी खेतीका कार्यक्रमसमेत प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री पाण्डेले बताउदै गण्डकी प्रदेश सरकारले कृषि उत्पादनलाई बढाउन अहिले उत्पादनको आधार र अनुदान उपलब्ध गराउने नीति लिइएको उनको भनाइ थियो । कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले उत्पादन क्षेत्र घट्दै जानु चिन्ताजनक भएको बताएका छन् । पहाडी क्षेत्रमा जमिन बाँझो हुने क्रम बढ्दै जाने र अर्कोतर्फ सहरीकरण बढ्दै जाँदा कृषि उत्पादन हुने क्षेत्र घट्दै गएकाले खाद्यान्नको अभाव हुने स्थिति आउन सक्ने भएकाले किसानलाई प्रोत्साहन गर्ने र जमिनको सदुपयोग गर्ने योजना ल्याउन लाग्नुपर्नेमा उनले जोड दिए ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा दुई सय १० बिघा जमिनमा प्रशोधनयोग्य आलु प्रवर्धन कार्यक्रम सञ्चालन गर्न लागिएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताए । गण्डकी प्रदेशका सबै जिल्लामा यो कार्यक्रम अघि बढेको र यसलाई कृषक समूह वा सहकारीमार्फत कार्यक्रम सञ्चालन हुने र कम्तीमा ४५ कट्ठा जमिनमा खेती गर्नुपर्ने उनको भनाइ रहेको थियोे । उक्त कार्यक्रममा आबद्ध समूह र सहकारीलाई बीउ, यन्त्र उपकरण, साना सिँचाइका पूर्वाधार, बजार प्रवर्धन लगायतमा ज्ञान केन्द्रका तर्फबाट सहयोग प्रदान गरिने कार्यालय प्रमुख तिवारीले बताए ।


प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?