Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

कृषिमा आधारित रोजगारी सिर्जना गर्न प्रदेश लागेको छ : मुख्यमन्त्री पाण्डे


त्रिवेणी, नवलपरासी ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले कृषिमा आधारित रोजगारी सिर्जना गर्न लागेको बताएका छन् । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा आयोजित प्रशोधनयोग्य आलु प्रवर्धन कार्यक्रमसम्बन्धी अभिभुखीकरण कार्यक्रममा उनले रोजगारी सिर्जनाका लागि पहिलो प्राथमिकतामा राखेर सोहीअनुसार कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए । जमिन बाँझो हुँदै जानेक्रम बढ्दै गएको र युवाहरू पनि कामको सिलसिलामा विदेश जानेक्रम बढेकाले आफ्नै ठाउँमा कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा छलफलपछि प्रदेशले कृषिलाई पहिलो प्राथमिकता दिएर काम अघि बढाएको मुख्यमन्त्री पाण्डेले बताएका छन्।

कृषिलाई आधार मानेर फलफूल खेती, आलु खेती, चैते धान बालीसहित अन्य नगदे तरकारी खेतीका कार्यक्रमसमेत प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री पाण्डेले बताउदै गण्डकी प्रदेश सरकारले कृषि उत्पादनलाई बढाउन अहिले उत्पादनको आधार र अनुदान उपलब्ध गराउने नीति लिइएको उनको भनाइ थियो । कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले उत्पादन क्षेत्र घट्दै जानु चिन्ताजनक भएको बताएका छन् । पहाडी क्षेत्रमा जमिन बाँझो हुने क्रम बढ्दै जाने र अर्कोतर्फ सहरीकरण बढ्दै जाँदा कृषि उत्पादन हुने क्षेत्र घट्दै गएकाले खाद्यान्नको अभाव हुने स्थिति आउन सक्ने भएकाले किसानलाई प्रोत्साहन गर्ने र जमिनको सदुपयोग गर्ने योजना ल्याउन लाग्नुपर्नेमा उनले जोड दिए ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा दुई सय १० बिघा जमिनमा प्रशोधनयोग्य आलु प्रवर्धन कार्यक्रम सञ्चालन गर्न लागिएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताए । गण्डकी प्रदेशका सबै जिल्लामा यो कार्यक्रम अघि बढेको र यसलाई कृषक समूह वा सहकारीमार्फत कार्यक्रम सञ्चालन हुने र कम्तीमा ४५ कट्ठा जमिनमा खेती गर्नुपर्ने उनको भनाइ रहेको थियोे । उक्त कार्यक्रममा आबद्ध समूह र सहकारीलाई बीउ, यन्त्र उपकरण, साना सिँचाइका पूर्वाधार, बजार प्रवर्धन लगायतमा ज्ञान केन्द्रका तर्फबाट सहयोग प्रदान गरिने कार्यालय प्रमुख तिवारीले बताए ।


प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?