Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

बजेट प्रतिस्थापन विधेयक : कृषि उत्पादन वृद्धिलाई प्राथमिकता


१४ ,कात्तिक ,मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा प्रस्तुत गरिने बजेट प्रतिस्थापन विधेयकमा कृषि उत्पादन वृद्धिलाई विशेष प्राथमिकतामा राख्ने बताएका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आज यहाँ आयोजित राष्ट्रिय कृषि गणना–२०७८ अन्तर्गत प्रदेशस्तरीय नतिजा पुस्तक सार्वजनिक गर्दै उनले सरकारले कृषि अनुसन्धान एवं यान्त्रीकरण गरी यसमा हुने व्यापार घाटा कम गर्न विशेष जोड दिने जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले कृषि उत्पादनबाट आत्मनिर्भर र निर्यातमुखी हुनका लागि प्रविधिमैत्री प्रयोगमा जोड दिन कृषकलाई आग्रह गरे ।

उनले बाँझो जग्गालाई सदुपयोग गर्न एकीकृतरुपमा व्यावसायिक कृषि उत्पादनका लागि कृषकलाई प्रोत्साहन गरिने विचार व्यक्त गरे ।

वर्तमान प्रदेश सरकार स्थिर हो भन्दै मुख्यमन्त्री कार्कीले चाँडै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए । उनले प्रदेशमा सुरक्षा, जनअधिकारको संरक्षण, समृद्धिसँगै सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम राया, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामकुमार भण्डारी र कार्यालयका निर्देशक प्रदीपकुमार कार्कीले कृषि गणनाबाट प्रदेश तथा स्थानीय निकायलाई योजना, नीति एवं कृषि उत्पादन वृद्धि गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे ।

प्रदेशमा सात लाख ८६ हजार एक सय आठ कृषक परिवारले पाँच लाख ३२ हजार नौ सय ३७ हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।


प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?