Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

बजेट प्रतिस्थापन विधेयक : कृषि उत्पादन वृद्धिलाई प्राथमिकता


१४ ,कात्तिक ,मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा प्रस्तुत गरिने बजेट प्रतिस्थापन विधेयकमा कृषि उत्पादन वृद्धिलाई विशेष प्राथमिकतामा राख्ने बताएका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आज यहाँ आयोजित राष्ट्रिय कृषि गणना–२०७८ अन्तर्गत प्रदेशस्तरीय नतिजा पुस्तक सार्वजनिक गर्दै उनले सरकारले कृषि अनुसन्धान एवं यान्त्रीकरण गरी यसमा हुने व्यापार घाटा कम गर्न विशेष जोड दिने जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले कृषि उत्पादनबाट आत्मनिर्भर र निर्यातमुखी हुनका लागि प्रविधिमैत्री प्रयोगमा जोड दिन कृषकलाई आग्रह गरे ।

उनले बाँझो जग्गालाई सदुपयोग गर्न एकीकृतरुपमा व्यावसायिक कृषि उत्पादनका लागि कृषकलाई प्रोत्साहन गरिने विचार व्यक्त गरे ।

वर्तमान प्रदेश सरकार स्थिर हो भन्दै मुख्यमन्त्री कार्कीले चाँडै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए । उनले प्रदेशमा सुरक्षा, जनअधिकारको संरक्षण, समृद्धिसँगै सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम राया, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामकुमार भण्डारी र कार्यालयका निर्देशक प्रदीपकुमार कार्कीले कृषि गणनाबाट प्रदेश तथा स्थानीय निकायलाई योजना, नीति एवं कृषि उत्पादन वृद्धि गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे ।

प्रदेशमा सात लाख ८६ हजार एक सय आठ कृषक परिवारले पाँच लाख ३२ हजार नौ सय ३७ हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।


प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?