Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

राष्ट्रियसभामा तीन आयोगका प्रतिवेदन प्रस्तुत


१४ ,कात्तिक ,काठमाडौँ । राष्ट्रियसभामा आज तीन आयोगका प्रतिवेदन प्रस्तुत भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निर्वाचन आयोग, नेपालको सोह्रौँ वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७९/८० र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तीसौँ वार्षिक प्रतिवेदन २०७९/८० प्रस्तुत गरेका हुन् ।

विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ सम्बन्धी समितिको प्रतिवेदन बैठकमा पेस गरे ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेकोमा त्यसलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकको शून्य समयमा सांसद अनिता देवकोटाले दाङ–घोराही–तुल्सीपुर सडकको मर्मतसम्भारका लागि सरकारको ध्यानाकर्षण गराए । अर्का सांसद प्रकाश पन्तले पृथ्वी राजमार्गलगायत राष्ट्रिय राजमार्गको दु्रावस्था रहेकाले तिनको मर्मत गर्न माग गरे ।


प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?