Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

महासचिव गुटेरेसको सम्बोधन : बहुआयामिक सन्देश प्रवाह


१४ ,कात्तिक ,काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले संसद्को संयुक्त सदनलाई आज गरेको सम्बोधनले विश्व समुदायमाझ नेपालको गौरव बढाउने बहुआयामिक सन्देश दिएको प्रतिक्रिया पूर्वसभामुखले दिएका छन् ।

महासचिव गुटेरेसको सम्बोधनपछि रासससँग कुराकानी गर्दै पूर्वसभामुख अग्निप्रसाद सापकोटाले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन, विश्वशान्ति कायम गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि खेलेको भूमिका र सहयोगको महासचिवबाट भएको सरहानाले बहुआयामिक सन्देश प्रवाह गरेको बताए ।

उनले भने, “राष्ट्रसङ्घको विश्वशान्ति स्थापनाको अभियानमा नेपालले पु¥याएको साथ र सहयोगको खुलेर प्रशंसा गर्नुभएको छ । छोटो मन्तव्यमा पनि महासचिवले नेपाल र नेपालको प्रतिष्ठा बढाउने धेरै कुराको संश्लेषण राख्नुभएको छ ।”

सगरमाथा र अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेर जलवायु परिवर्तनबाट परेको असरबारे स्थानीयसँग जानकारी लिने र अवलोकन गर्ने कार्य हाम्रा लागि निकै महत्वपूर्ण विषय भएको पूर्वसभामुख सापकोटाले टिप्पणी गरे ।

अर्का पूर्वसभामुख दमननाथ ढुङ्गानाले शान्ति प्रक्रिया आफै पूरा गर्न नेपाललाई सुझाव दिँदै आवश्यक परेको खण्डमा सहयोग गर्छाैं भनी देखाएको उदारता र दृष्टिकोण सराहनीय रहेको प्रतिक्रिया दिए ।

उनले भने, “महासचिवको मन्तव्यमा जलवायु परिवर्तनलाई निकै महत्व दिइएको छ, नेपालको विविधतालाई उहाँले राम्रोसँग बुझ्न र हेर्नु भएकाले हाम्रो नेतृत्वले राष्ट्रिय जलवायु कार्यसम्बन्धी अधिकार सम्पन्न संस्था बनाएर विश्वसंस्थासँग काम गरेमा परेका बाधा न्यून गर्न सहयोग पुग्छ ।”

शान्ति सेनामा नेपालको भूमिकाको महासचिवबाट राम्रो मूल्याङ्कन भएको उल्लेख गर्दै पूर्वसभामुख ढुङ्गानाले मन्तव्यका क्रममा महासचिवले दिवङ्गत सैनिकप्रति श्रद्धाञ्जलि सम्मानका लागि गर्नुभएको आग्रह त्यसको उदाहरण भएको प्रतिक्रिया दिए ।

संसद् सचिवालयका पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईले महासचिवको भ्रमणको कार्यक्रम नेपाल र नेपालीका लागि निकै महत्वपूर्ण रहेको बताए ।

उनले भने, “विशिष्ट पाहुनालाई दिइएको आतिथ्य र स्वागत खेर जाँदैन । समसामयिक सबै क्षेत्रलाई समेटेर सम्बोधन भएको छ । शान्ति प्रक्रिया आन्तरिक मामिला भएकाले आफैँ टुङ्गोमा पुर्याउनु सन्देश दिनुभएको छ ।”

पूर्वमहासचिव भट्टराईले विश्व शान्तिमा पुर्याएको योगदान र जलवायु परिवर्तनको क्षतिका लागि नेपालले खेलेको भूमिकालाई सहयोग गर्नुपर्छ भनी राखेको भनाइ आफैमा उच्च कोटीको रहेको टिप्पणी गरे ।

यसअघि पनि राष्ट्रसङ्घका महासचिव वान कि मुनले संविधानसभालाई गरेको सम्बोधनले शान्ति प्रक्रियालाई अघि बढाउन र संविधान बनाउन प्रेरणा र उत्साह मात्र नभई समन्वय र सक्रियाताका लागि निकै ठूलो बल प्रदान गरेको घटना पूर्वमहासचिव भट्टराईले स्मरण गराए ।


प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?