Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

तनहुँमा दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा


तनहुँ। तनहुँमा दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी रहेको छ । करिब दुई महिनाअघि देखि फैलिएको डेङ्गु अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लामा हाल छ हजार चार सय ८४ डेङ्गु सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । डेङ्गु सङ्क्रमितका कारण निजी क्लिनिक र अस्पतालमा दैनिक भीडभाड हुने गरेको छ । व्यास नगरपालिकामा मात्रै पाँच हजार चार सय १५ डेङ्गु सङ्क्रमित रहेका छन् । व्यासको सबैभन्दा बढी व्यास–१ मा एक हजार चार सय ३०, वडा नं २ मा एक हजार तीन सय ४९, वडा नं ३ छ सय ३१, वडा नं ४ मा नौ सय ५४, वडा नं ५ मा दुई सय ५९, वडा नं ६ मा ९२ र वडा नं ७ मा ७४ जना रहेका हुन् । त्यसैगरी, वडा नं ८ मा १४, वडा नं ९ मा ७५, वडा नं १० मा एक सय ८२, वडा नं ११ मा एक सय ६३, वडा नं १२ मा ७०, वडा नं १३ मा ८४ र वडा नं १४ मा ३४ जना सङ्क्रमित रहेका छन् ।

सङ्क्रमित हुनेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको व्यास नगर स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनका अनुसार ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष सङ्क्रमित भएका छन् भने कूल सङ्क्रमितको ८४ प्रतिशत व्यास नगरपालिकामा मात्रै रहेको तथ्याङ्कमा उल्लेख रहेको छ । जिल्लाको अन्य पालिकामा शुक्लागण्डकी नगरपालिकामा चार सय, ऋषिङ गाउँपालिकामा एक सय ८९, भिमाद नगरपालिकामा एक सय ८०, म्याग्दे गाउँपालिकामा एक सय तीन, भानु नगरपालिकामा ८३, बन्दीपुर गाउँपालिकामा ४६, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा १४ र घिरिङ गाउँपालिकामा नौजना सङ्क्रमित भएका छन् ।

वयस्क एडिज जातको लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएकाले घर वरिपरि पानी जम्न नदिने, सुत्दा झूल प्रयोग गर्ने, पूरा बाउला भएका कपडा लगाउनेजस्ता कुरामा सतर्कता अपनाउनुपर्ने दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले बताउदै डेङ्गु सङ्क्रमित भइसकेको अवस्थामा चिकित्सकको परामर्शअनुरुप औषधि सेवन गर्ने, झोलिलो खानेकुरा प्रशस्त पिउने, फलफूल खाना र आराम गर्न समेत सुझाव दिएका छन् ।


प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?