Trending
>>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल >>   निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो >>   हामीलाई सभापति बन्नुछैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः महामन्त्री थापा >>   झलनाथको प्रश्नः देश जलाउने अपराधी बाहिर राखेर कसरी चुनाव हुन्छ ? >>   बालेन, रवि, कुलमानले अझै २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्: ओली >>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?
Logo
२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

सेयर बजारमा १९३ कम्पनीको मूल्य घट्दा जम्मा ३८ को मात्रै बढ्यो


साताको तेस्रो कारोबार दिन:  मंगलबार सेयर बजारमा १९३ कम्पनीको मूल्य घट्दा जम्मा ३८ कम्पनीको मात्रै बढेको छ । ७ कम्पनीको मूल्य भने स्थिर रहेको छ । परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १४.२९ अंक घटेर १८६४.४० विन्दुमा कायम भएको छ भने परिसूचकका अलवा कारोबार रकम पनि घटेको छ । सोमबार ६९ करोड ४२ लाख रुपैयाँको धितोपत्र कारोबार भएकोमा मंगलबार ५७ करोड १४ लाख रुपैयाँमा खुम्चिएको छ । माहुली लघुवित्तको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढ्यो । हाथवे इन्भेस्टमेन्टको ३.४, सीवाईसी लघुवित्तको ३.४, किसान लघुवित्तको २.७ र सबैको लघुवित्तको २.७ प्रतिशत मूल्य बढ्यो ।

बजारका सबै उपसमूहका सूचक घटेका छन् । बैंकिङ ८, विकास बैंक ३१, फाइनान्स १३, होटल तथा पर्यटन २५, जलविद्युत् १५, जीवन बीमा १४३, उत्पादन ३१, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा ५८, अन्य ३ र ब्यापार उपसमूह ८ अंक घटे । यस दिन पनि सोनापुर सिमेन्टको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । सो कम्पनीको मूल्य प्रतिकित्ता २५५ रुपैयाँ २० पैसामा झरेको छ । मेरो लघुवित्तको ४.४, बीपीडब्लू लघुवित्तको ४.३, मेन्छियाम हाइड्रोपावरको ४.२ प्रतिशत घट्यो । सो कारोबार रकमका आधारमा सूर्याज्योति लाइफ, स्ट्यान्डर्ड चार्टर्ड, नबिल बैंक, सिद्धार्थ बैंक (संस्थापक), हिमाल दोलखा हाइड्रोपावर कम्पनी क्रमशः अगाडि रहेका छन् ।


प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?