Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

अमेरिका र नेपालबीच महत्वपूर्ण साझेदारी भएको छ : विदेशमन्त्री ब्लिङ्केन


वाशिङ्गटन डिसी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजरायलमा हमासद्वारा मारिएका दश नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली प्रकट गर्दै उक्त घटनाको निन्दा गरेका छन्। सोमबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्विपक्षीय वार्ता गर्नुअघि पत्रकारहरुसँग कुरा गर्दै विदेशमन्त्री ब्लिङ्केनले सो इजरायलमा हमासद्वारा भएको हमला आतङ्ककारी घटना हो भन्दै सो घटनाको निन्दा गरेका थिए । उनले अमेरिकाको विदेश मन्त्रालयमा नेपालका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका थिए । यसअघि उनले मन्त्री साउदलाई अमेरिकी विदेश मन्त्रालयमा स्वागत गरेका थिए । अमेरिकाको औपचारिक भ्रमणका क्रममा सोमबार वाशिङ्गटन डिसी आएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबीच सोमबार द्विपक्षीय भेटवार्ता भएको थियो । सो भेटपछि यहाँ आयोजित संयुक्त प्रेस ब्रिफिङमा विदेशमन्त्री ब्लिङ्केनले भने, “नेपाल र अमेरिकाबीच विगत लामो समयदेखिको कूटनीतिक सम्बन्धको रहेको छ । अहिले नेपाल इन्डो प्यासिफिकमा महत्वपूर्ण साझेदारका रुपमा रहेको छ । हामीहरु उक्त क्षेत्रको निर्बाध, खुला, सुरक्षित र समृद्ध क्षेत्रका लागि सँगसँगै काम गर्दै पनि आएका छौँ ।”

उनले दुई देशबीचको पारस्परिक सम्बन्धलाई स्वतन्त्र, सुरक्षित तथा समृद्ध बनाउनका लागि दुई देशले अर्थपूर्ण रुपमा सहकार्य गर्दै आएको पनि उल्लेख गरे । नेपालले क्षेत्रीयस्तरमा मात्र नभई विश्वव्यापी रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै विदेशमन्त्री ब्लिङ्केनले राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनमा खटिएका शान्ति व्यवस्थापकहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए । यसैगरी, अमेरिका र नेपालबीच नागरिकस्तरको सम्बन्ध समेतको सहकार्यमा आर्थिक लगानीलगायतका क्षेत्रमा अमेरिका र नेपालले महत्वपूर्ण सहकार्य गर्दै आएको उनले सो प्रेस ब्रिफिङमा उल्लेख गरे । परराष्ट्रमन्त्री एन पी साउदले प्रत्युत्तर मन्तव्य दिदै अमेरिकी विदेशमन्त्रीले नेपाली नागरिकले हालै इजरायलमा ज्यान गुमाउनु परेको घटनामा व्यक्त गर्दै साहानुभूतिका लागि कृतज्ञता ज्ञापन समेत गरे ।

मन्त्री साउदले भने, “हामीहरुले आतङ्कवादी समूहको आक्रमणबाट दश विद्यार्थीलाई गुमाउनु परेको पीडा छ भने अर्कातर्फ एकजनाको अवस्था अझै अज्ञात रहेको छ । यस्तो अवस्थामा हामीलाई सहानुभूति दर्शाउने सबैप्रति हाम्रो सम्मान छ ।” साथै परराष्ट्रमन्त्री साउदले अमेरिका नेपालको महत्वपूर्ण विकास साझेदार भएको उल्लेख गर्दै अमेरिकाले विभिन्न क्षेत्रमा विशेषगरी पूर्वाधार, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे । उनले विश्वव्यापी रुपमा उत्पन्न जटिल परिस्थितिका बाबजुद नेपाललाई प्राथमिकतामा राखेर अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले द्विपक्षीय वार्ताका लागि उपलब्ध गराएको समयका लागि आभार प्रकट गरे ।

 


प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?